FLASH NEWS

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ १४, आईतबार (१ साल अघि)
  • २६५

    Shares

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा

आज आइताबार पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
तराईका जिल्लामा भने हावाहुरी चल्ने अनुमान छ । मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसोपछि पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसोपछि हावाहुरी चल्ने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु तथा भारतमा बनेको न्यून चापीय क्षेत्र र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव परेको छ । यसकै प्रभावका कारण अहिले कोशी प्रदेशका धेरैजसो ठाउँको मौसम बदली भएको छ भने बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस