FLASH NEWS

आज यी ४ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ ११, बिहिबार (१ साल अघि)
  • १२६

    Shares

आज यी ४ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले बागमती प्रदेश , कोशी प्रदेश, मधेश प्रदेश, र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहीवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले नेपालको तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना समेत भएको हुँदा त्यसबाट हुनसक्ने क्षति, जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी लगायत पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । बागमती प्रदेश,कोशी प्रदेश, , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस