FLASH NEWS

गल्छीमा संचालित फोस्टर-२ परियोजनाको सम्पन्न कार्यक्रम सम्बन्धि सार्वजनिक सुनुवाई

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ १०, बुधबार (१ साल अघि)
  • ५३७

    Shares

गल्छीमा संचालित फोस्टर-२ परियोजनाको सम्पन्न कार्यक्रम सम्बन्धि सार्वजनिक सुनुवाई

१० ,जेठ २०८० गल्छी । गल्छी ।     आड्रा नेपाल र रिम्स नेपालको साझेदारीमा धादिङको गल्छी  गाउँपालिकामा संचालित फोस्टर-२ परियोजनाको सम्पन्न कार्यक्रम सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ।
रिम्स नेपालका अध्यक्ष रमेश उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रिम्स नेपालका कार्यकारी निर्देशक रबिन्द्र श्रेष्ठ ले स्वागत गर्नु भएको थियो। यस्तै रिम्स नेपाल फ़ोस्टर परियोजनाका कार्यक्रम संयोजक सरोज पन्तले फ़ोस्टर परियोजनाको दोस्रो चरणमा गल्छी गाउपालिका भरि भएका कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।


उक्त कार्यक्रममा गल्छी गाउपालिका वडा नम्बर ४,५,६,र ७ का परियोजना संचालन भएको ठाउका कृषि तथा पशु पालन समुहमा आबद्ध समुहका प्रतिनिधि कृषक हरुले राखेको जिज्ञाशा मा क्रमश वडा नम्बर ४ का वडा अध्यक्ष राजु अधिकारि, ५ का सरोज तामाङ, ,६ का दिपक कुमार कार्की ,७ का हरि प्रसाद खतिवडाले सम्बोधन गर्नु गर्नु भएको थियो। यस्तै पालिकाको कृषि तथा पशु सेवा शाखा मा उठेको जिज्ञाशा मा कृषि विकाश शाखाका प्रमुख किरण गिरि र पशु सेवा शाखाका प्रमुख विनय भुजेलले सम्बोधन गर्नु भएको थियो।

मंगलबार भएको उक्त कार्यक्रममा आड्रा नेपालका परियोजना अधिकृत पल्ली चौधरीले कार्यक्रम संचालन गर्न सहयोग गर्नुहुने सम्पूर्ण लाइ धन्यवाद दिदै अब भोलिका दिन हरुमा पनि परियोजनाको सहकार्यमा गरेका सम्पूर्ण यी काम हरुलाई जोगाइ लाभ लिन कृषि तथा पशु समुहका कृषक हरुलाई आग्रह गर्नु भयो। यस्तै कार्यक्रमका बिसेष अतिथि एबम पालिकाका उपाध्यक्ष भाइकाजी तिवारी ले पानि यो परियोजनाले पालिकामा मा राम्रो सहयोग गरेको भन्दै आफुहरुले पनि भोलिका दिनहरुमा अझ थप गर्ने कुरामा प्रयास वा छलफल गर्ने बताउनु भयो। रिम्स नेपालको सभा हलमा भएको परियोजनाको सार्वजनिक सुनुवाई का प्रमुख अथिति एबम गल्छी गाउपालिकाका अध्यक्ष केदार नाथ खतिवडाले कार्यक्रममा उठेका प्रश्न हरुको सम्बोधन गर्दै परियोजनाले सहकार्यमा गरेको काम निकै राम्रो रहेको भन्दै धन्यवाद दिनु भयो। यस्तै अब परियोजना रहे पनि नरहे पनि पालिकाले गर्नु पर्ने काम हरु निरन्तर गरिरहने बताउनु भयो। कार्यक्रमा रिम्स नेपालका अध्यक्ष रमेस उप्रेतीले पनि रिम्स नेपाल गल्छिकै एक सदस्य भएको कारण भोलिका दिन हरुमा आफुहरुले सक्ने सहयोग हरु गरिरहने बताउनु भयो।

कार्यक्रमा रिम्स नेपालका अध्यक्ष रमेस उप्रेती , गल्छी गाउपालिकाका अध्यक्ष केदार नाथ खतिवडा ,पालिकाका उपाध्यक्ष भाइकाजी तिवारी, गल्छी ४ का वडा अध्यक्ष राजु अधिकारि ,५ का सरोज तामाङ ,६ का दिपक कुमार कार्की ,रिम्स नेपालका कार्यकारी निर्देशक रबिन्द्र श्रेष्ठ ,आड्रा नेपालका परियोजना अधिकृत पल्ली चौधरी ,फोस्टर परियोजनाका संयोजक सरोज पन्त ,फोस्टर परियोजनाका वित्त अधिकृत सम्झना श्रेष्ठ , पालिकाका बिभिन्न कृषि तथा पशु सेवा शाखाका प्रमुख हरु, परियोजनाले काम गरेको ठाउको कृषक तथा फोस्टर परियोजनाका सम्पूर्ण कर्मचारी हरु पालिकाका लगाएतको सहभागिता रहेको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस