२१६
Sharesगजुरी। गजुरी गाँउपालिका वडा नं. ८ स्थित किराञ्चोक माध्यमिक विद्यालय प्रवाङका ५० जना छात्रालाई निःशुल्क सुप्रिम किड प्रदान गरिएको छ । मानव अधिकारका लागि महिला, एकल महिला समूह धादिङको समन्वयमा डेज फङर गल्र्स धादिङद्वारा सुप्रिम किड वितरण गरिएको एकल महिला समूहकी अध्यक्ष कल्पना अधिकारीले बताउनु भयो ।
छात्राहरुको महिनावरी स्वच्छता सामाग्री उत्पादन गर्दै आएको संस्था डेज फर गल्र्सले प्रति छात्रा सात सय पचास वरावरको सामान वितरण गरेको छ । वितरित सुप्रिम किडमा पुन प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड आठ वटा, सावुन एक वटा, पेन्टी दुई वटा, रुमाल एक वटा, सिल्ट दुई वटा कपडाको झोला एक वटा र क्यालेण्डर एक वटा रहेको डेज फर गल्र्स धादिङकी अध्यक्ष बिमला ढकालले बताइन ।
किड वितरण गर्नु अघि एकल महिला समूहकी अध्यक्ष अधिकारीले छात्राहरुलाई महिला अधिकार र कर्तव्यको विषयमा संक्षिप्त रुपमा जानकारी गराएकी थिइन । कक्षा आठ देखि १० सम्मका छात्रालाई महिनावारी स्वच्छता, सुप्रिम किड तथा सेनेटरी प्याड प्रयोग र व्यवस्थापनको विषयमा डेज फर गल्र्स धादिङकी सञ्चालक तारा कार्कीले सहजिकरण गरेकी थिइन ।
सामाजिक सेवामा कार्यरत डेज फर गल्र्स धादिङ महिलाहरुद्वारा प्रर्वद्धित संस्था हो ।यस संस्थामा महिलाहरुले महिनावारी स्वच्छता सामाग्री सनेटरी प्याड बनाउदै आएका छन् । गैर नाफा मूलक संस्थामा महिलाहरु तीन जनाले नियमित र पाँच जनाले आंशिक रुपमा रोजगारी पाएको अध्यक्ष ढकालले बताइन ।