६२९
Shares ९, जेठ २०८० गल्छी । धादिङको गल्छी-७, मछेडी पलाङखर्कमा खाद्य सुरक्षा प्रवर्धन परियोजना (फोस्टर -II) कार्यक्रम अन्तर्गत निर्माण भएको मछेडी पलाङ खर्क बहुप्रयोग पानि प्रणालीको (मूस) उद्घाटन गरिएको छ। गल्छी गाउपालिकाका अध्यक्ष केदारन नाथ खतिवडाले रिवन काटेर उद्घाटन गर्नु भएको हो।
Canadian Foodgrains Bank (CFGB)/ Adventist Development and Relief Agency (ADRA) Canada को आर्थिक सहयोग तथा आड्रा नेपाल र रिम्स नेपालको सहकार्यमा संचालित फोस्टर परियोजना अन्तर्गत गल्छी-७. मछेडीमा मछेडी पलाङ खर्क बहुप्रयोग पानी प्रणाली निर्माण गरिएको थियो । उक्त परियोजनाको तर्फबाट रु ४,७८,५३३.२२/- गल्छी गाउँपालिकाको तर्फबाट रु १,७९ ५८१.८६ र समुदायको तर्फबाट रु ३,५४,९ ००/- गरी जम्मा रु १०,१३,०१५ । ०८/- को लागतमा सम्पन्न भएको हो। गल्छी गाउपालिका वडानम्बार ७ का वडा अध्यक्ष हरि प्रसाद खतिवडा को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एबम गल्छी गाउपालिकाका अध्यक्ष केदारन नाथ खतिवडाले यस बहुप्रयोग पानी प्रणालीले मछेडी पलाङखर्क वासीले सहज रुपमा पानी को सुबिधा पाउने भएको भन्दै सहकार्यमा साथ् दिनुहुने सस्था हरुलाई धन्यवाद समेत दिनु भयो । साथै उक्त कार्यक्रममा बैकल्पिक पानि सिचाई पोखरी बाख्राको बाहिया परजीवी नियन्त्रण गर्न निर्माण गरिएको डीपिङ् ट्यांकीको अनुगमन सुधारिएको बाख्राको खोर लगाएत परियोजनाले गरेका सबैकाम हरुको अनुगमन समेत गरिएको थियो।
कार्यक्रमा रिम्स नेपालका अध्यक्ष रमेस उप्रेती , गल्छी ४ का वडा अध्यक्ष राजु अधिकारि ,५ का सरोज तामाङ ,६ का दिपक कुमार कार्की ,रिम्स नेपालका कार्यकारी निर्देशक रबिन्द्र श्रेष्ठ ,आड्रा नेपालका परियोजना अधिकृत पल्ली चौधरी ,फोस्टर परियोजनाका संयोजक सरोज पन्त ,फोस्टर परियोजनाका वित्त अधिकृत सम्झना श्रेष्ठ , पालिकाका बिभिन्न कृषि तथा पशु सेवा शाखाका प्रमुख हरु, स्थानिय तथा फोस्टर परियोजनाका सम्पूर्ण कर्मचारी हरु पालिकाका लगाएतको सहभागिता रहेको थियो।