९३
Sharesआज पनि देशका पहाडी क्षेत्रको थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।
प्रि–मनसुनी गतिविधि सक्रिय नै रहेको र आज कोशी, वाग्मती र गण्डकी क्षेत्रको कतै मेघगर्जन, चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी प्रदेश र मधेश प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि कोशी र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । ती क्षेत्रको पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
अबका तीन दिन नै मौसम यस्तै रहने अनुमान छ ।