७६२
Sharesतस्वीर राजेन्द्र बस्नेत
जीरवाङ (धादिङ) ढोका नभएको सानो घर । चोटा नछापेको जस्ता पाता लगाएको घर । अन्नको नामा २५ चामल, भाडावर्तनमा कालो कसौडी, केही थान थाल, सानो कन्ती, जम्मु कोकको पाँच वटा वोतल, दुई वटा ब्ल्याङकेट, केही थान म्याट । यी सामानहरु कुरेर एक ६४ वर्षिय अपाङग जेष्ठ नागरिक महिला बस्छिन । ती महिला महिला हुन ६४ वर्षिय सानुमाया चेपाङ । उनी ३ वर्ष अघिदेखि प्यारालाइसिस भएर थलिएकी छिन् । उनको स्याहारसुसारमा खटेकी छिन् उनीकी बुहारी कल्पना । कल्पना आफैमा रोगी देखिन्छिन् । १६ वर्षमा विहाह गरेकी कल्पनाले २८ वर्ष उमेर हुदाँसम्म पाँच पटक सुत्केरी भई छ वटा सन्तानलाई जन्म दिईन । पछिल्लो पटक आठ महिना अघि कल्पनाले जुल्याहा छोराछोरी पाइन । सुत्केरी भएको आठ दिनदेखि उनी विरामी परिन । उन िविरामी भएर एक महिना थलिएन । सुत्केरी अवस्थामै विरामी भएकाले सुत्केरी अवस्थामा स्याहार पुगेन । दुध आउदैन । जुम्ल्याहा बच्चालाई स्याहार गर्न सनि । आफुले मिठोमसिनो नखाएपछि दुध आएन । जुल्या बच्चा कुपोषणको चपेटामा छन् । यीहरुलाई कसरी सुपोषित बनाउने चिन्ता छ । यतिकैमा कल्पनाले थपिन परिवार नियोजनको अस्थायी साधान संगिनी सुई लगाउने गरेको थिए । एक पटक छुटेको थियो जुम्ल्याहा बच्चा भयो । आठ महिनामा छोराछोरी ४∕४ केजीका छन् । घरमा खाने चीज छैन । अरु दुई छोरा एक छोरी पनि छन् । सासुको हात खुट्टा चल्दैन । दिसापिसाव सोर्नु पर्छ । घरमा अरु महिला छैनन् । ६१ वर्षिय ससुरा ज्याला गर्न एकै ठाँउमा बस्छन् । बुदा (जीवन) पनि ज्याला गर्न टाढा टाढासम्म जान्छन् उतै बस्छन् । जेठो छोरा विपन भुत लागेर म¥यो । माइलो साजन ८ वर्ष, छोरी आयुष ६ वर्ष, साइलो छोरा आयुष ४ वर्षका भए । उनीहरुलाई खुवाउने चीज पनि छैन । पढ्न पठाउन कापीककलम, लुगा पनि छैन कल्पनाले सुनाइन । खानेपान िपनि पुग्ने गरी छैन । खेती लगाएर पनि छ महिनालाई खान मुस्किल पर्छ कल्पनाले सुनाइन ।
जीवनले जीवन कहानी सुनाउदै भने २६ वर्षको हुदाँ १६ वर्षकी कल्पना संग विवाह गरे । अहिले नी २८ वषकी भइन छ वटा वच्च जन्मिए । आफुले प्राथमिक तह मात्र पढेको बताउद्यै अहिले ज्याला घरेर परिवार पाल्न धौ धौ परेको छ । कृषि काम गरेको विहान देखि वेलुकासम्म खान दिएर छ सय रुपयाँ कमाउर्छु । निर्माणको काम गर्दा दैनिक नौ सय पाँउछ । सधै काम हुदैन । जुम्ल्या छोराछोरी कुपोषणले ग्रस्त छ । कसरी उपचार गर्ने, के खुवाउने अन्यौलमा छु जीवनले बताए । श्रीमती पहिलो पटक सुत्केरी हुदाँ छ वटा कुसुरा खुवाएको सम्झिदै जुल्या बच्चा पाएको पाली खुवाउन सकिन । श्रीमति एक महिना थला परिन । माग्यले बाँचिन । अहिले सुवाउन पर्ने थियो । सुवाउन पैसा छैन जीवनले दुखेसो पोखे । चार पटक सम्म सुत्केरी हुदाँ आमाको दुधले पुगेको थियो । यस पटक विरामी भई उसलाइ नै बचाउन मुस्किल प¥यो । रगत दिएर बचाएको । त्यही पनि भनेजति रगत दिन सकिएन । वच्चालाई विहान आधा माना वेलुका आधा माना भैसीको दुध किनेर खुवाएको । आठ महिनामा बच्चा ४∕४ केजी मात्र छन् । सवै जना कुपोषण भएको भन्छन् जीवनले थपे ।
घरासयी सामानहरु न्यून पनि छैन । नसुत्ने ठाँउ पुग्छ । न त आछ्याउने चजि नै छ । ओने पनि छैन । अन्नपात मात्र होइन पकाउने भाडा नै छैन । विकल्प नभएको खानेपानी राख्न भाँडा पनि कोक स्प्राइडका बोतल छन् । बेनीघाट रोराङ गाँउपालिका वडा नं. ८ जीरवाङ कल्पना जीवनको परिवार साँचै गरिवीको चपेटामा परेकाछन् । यो परिवारले एक साथ भोक र रोगसंग लडदैछन् । यस गाँउपलिकामा ३८ प्रतिशत चेपाङको बसोवासर रहेको छ । अधिकांश चेपाङ परिवारको अवस्था उस्तै छ ।
पाँच वर्षमूनीकाको संख्या दुई सय आठ सय रहेको छ । शिघ्र केपोषणको भएका वालवालिका ५० को हाराहारीमा छ । मध्य कुपोषण भएको वालवालिकाको संख्या ७५ को वरिपरि रहेको छ भने सामान्य कुपोषण भएको वालवालिकाको संख्या दुई सय पचासको हाराहारीमा रहेको बेनीघाट रोराङ गाँउपालिका स्वास्थ्य शाखा प्रमुख शंकरबावु ढुवाडीले बताए । कुषोषण भएका वालवालिकालाई लिटो पिठोको दिइरहेकाछौ । यस गाँउपालिकामा कुपोषण हुनुको कारणहरु धेरै छन् । जनसंख्याको ३८ प्रतिशत चेपाङ समुदायको संख्या छ । यस समुदायमा गरिवी, अशिक्षा, सचेतनामा कमी रहेको छ ।यी कारणले गर्दा बहुविवाह, वालविवाह गर्नेको संख्या धेरै छ र जन्मान्तरलाई ध्यान दिदैनन् । वालवालिकाको संख्या धेरुे हुन्छ । पोषणयुक्त खाना खुवाउन सक्दैनन् । खानेपानी , सरसफाई राम्रो छैन । कृषि तथा पशुपक्षी उत्पादन निकै कमी छ । खानपान व्यवस्थापन छैन। हुदाँ धेरै खाने नहुदाँ नखाने अवस्था छ । खानी आनी वानीमा सुधार आएन । आफ्नै उत्पादन भएको अवस्थामा कुपोषण हुने दर निकै तल आँउछ । तर जव खानेपानी र खाद्यन्न अभाव बढ्दै जान्छ बुपोषण हुने संख्या थपिदै जान्छ स्वास्थ्य शाखखा प्रमुख ढुवाडीले बताए ।
कुपोषण अवस्था सुधान गर्न पोषण सुधार केन्द्र सञ्चालनको अन्तिम तयारी हुदैछ । पोषण सुधार केन्द्र सञ्चालनमा आएपछि एक पटकमा १० जना कुपाषित वालवालिका र वाउआमा मध्ये एक जना राखेर ६० दिन पोषण युक्त खाना पकाउने र खुवाउने सिकाएर पोषण अवस्था सुधान गर्ने छौ । अहिले यस गाँएपालिकामा पोषण सुधारमा शान्ति नेपाल, हिमालय हेल्थ केयर, सुआहारा, पोषण सुधार आयोजना र गाँउपालिकाले काम गरिरहेकाछौ । विगत १० वर्षलाई हेर्ने हो भने निर्क सुधार भएको देखिन्छ । तर कुपोषित संख्या शून्य बनाउन सकिएको छैन । फागुनदेखि असारसम्म कुपोषणको संख्या बढ्छ । साउनबाट घट्दै गएर अशोज तिर शुन्य हुन्छ । शून्य कायमा गर्न स्वास्थ्य शाखाले मात्र काम गरेर हुदैन । यसका लागि त स्वास्थ्य, शिक्षा, महिला तथा वालवालिका, खानेपान ितथा सरसफाई, कृषि,पशुपंक्षी शाखाहरुको एकिकृत प्रयास हुन आवश्यक छ । साथै गैरसरकार संघसंस्थाहरुको समेत सहभागितामा एकिकृत कार्यक्रम निर्माण र संयुक्त रुपमा कार्यान्वयन भए मात्र कुपोषण शून्य बनाउन सकिने स्वास्थ्य शाखा प्रमुख ढुवाडीले बताए ।