३१६
Sharesधुनिवेशी नगरपालिका धादिङले कर रकम दाखिला गर्ने सम्बन्धी सुचना प्रकाशन गरेको छ।
नगरपालिकाको कार्यालय वा वडा कार्यालयहरु अन्तर्गत दर्ता भएका तथा नगरपालिका क्षेत्र भित्र संचालनमा रहेका सबै किसिमका व्यवसायी / उधोगीहरुले नगरपालिकाको आर्थिक ऐन अनुसार प्रत्येक आर्थिक वर्षमा व्यवसाय कर रकम दाखिला गर्नुपर्नेमा कतिपय व्यवसायी / उधोगीहरुले गत विगत वर्ष देखीनै व्यवसाय कर दाखिला गरेको नपाईएको हुँदा आ.व. ०७९/०८० सम्मको व्यवसाय कर यो सुचना प्रकाशित भएको मितिले सात दिन भित्र दाखिला गर्नु भई आफ्नो कर दायित्व फरफारक गर्नुहुन अनुरोध छ । समयमानै कर रकम दाखिला नगरेमा यस कार्यालय वा अन्तर्गतका वडा कार्यालयहरुबाट प्रदान गरिने सिफारिस तथा सेवाहरु रोक्का गरिने जानकारी समेत गराईन्छ । साथै यस कार्यालयमा दर्ता गर्न बाँकी रहेका सबै व्यवसायी / उधोगीहरुले समेत अनिवार्य रुपमा व्यवसाय दर्ता गरि संचालन गर्नुहोला । उक्त सुचनामा उल्लेख गरिएको छ।