FLASH NEWS

आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु, ४ लाख ६७ हजार विद्यार्थी सहभागी

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० बैशाख २६, मंगलबार (१ साल अघि)
  • १६३

    Shares

आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु, ४ लाख ६७ हजार विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा अहिले बिहान ८ बजेदेखि सुरु भएको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । साथै यस वर्ष ५६ हजारभन्दा धेरै विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुनेछन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनेछन् ।
बोर्डका अध्यक्ष डा. शर्माका अनुसार परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । उहाँले शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । परीक्षामा अमर्यादित क्रियाकलाप गरेमा विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाइने गरी कानुनी व्यवस्था गरेको बोर्डले जनाएको छ । सरकारले कक्षा १२ सम्मलाई माध्यमिक तह घोषणा गरेका कारण यो परीक्षा माध्यमिक तहको अन्तिम परीक्षाको रुपमा लिइएको छ ।
परीक्षा जेठ ५ गतेसम्म चल्नेछ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस