१०५
Sharesपछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९ सय ३१ नमुनामध्ये ७ सय १६ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार २ सय १५ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी ५७ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १सय ४७ पुगेको छ भने २१ जना संस्थागत आईशोलेशनमा, ७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्।
यस्तै २७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन्।