३७३
Sharesधार्के । धादिङको धार्केमा आज पनि एकतर्फी गाडी चलिरहेका छन् । एकतर्फी मात्रै गाडी चलिरहेकाले पृथ्वी राजमार्गको
धार्के सडक खण्डमा अहिले गाडीको चाप रहेको छ।
काठमाण्डौ जाने मुख्य नाका नागढुङ्गासँग जोडिएको मुख्य राजमार्ग भएकाले धार्केको यो सडक हुँदै दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन् । यही कारण सडक एकतर्फी हुँदा चाप धेरै बढेको हो। गएको सोमवार दिउँसो ४ बजे देखि धुनिबेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश पुलमा सडक भासिएपछि सडक अस्तव्यस्त भएको थियो ।
अस्ति मङ्गलवार बिहान १० बजेपछि सडक मर्मत गरेर एकतर्फी खुलाइए पनि हिजो बुधबार दिउँसो १२ बजेतिर फेरि अर्को भ्वाङ परेपछि दुईतर्फी नै गाडी राेकिएका थिए । नेपाली सेना ,नेपाल प्रहरी र सडक विभागका कर्मचारी तथा इञ्जिनियरहरु हरुको कको लामो प्रयास पछि
हिजो दिउँसो २ बजेदेखि भने एकतर्फी सडक खुलेको छ ।
एकतर्फी सडक खुले पनि जोखिम भने टरेको छैन । सिम सिम पानी परिरहेकाले जुनसुकै बेला फेरि सडक बन्द हुने सम्भावना रहेको छ । प्रहरीले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ भने सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ । अहिले धार्के पुलमा एकतर्फी गाडि संचालन भएको कारण सवारीको चापले गर्दा सामान्य जाम रहेको छ।