२४०
Sharesधादिङको धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलाको पुलमा भ्वाङ परेपछि अवरुद्ध भएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
आज बिहान करिब ११ ;४५ बजेतिर पुलमा भ्वाङ परेपछि धादिङको धार्के खण्ड पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।
नेपाल प्रहरी ,नेपालि,सेना , ठेकेदार कम्पनि ,स्थानिय लगाएतको लामो प्रयास पछि अस्थाई रुपमा ढुङ्गा हालेर एक तर्फी रुपमा सञ्चालन गरिएको हो।
अस्ति देखिको अवरुद्ध राजमार्ग हिजो १८ घण्टा पछि एकतर्फी खुले को थियो। आज फेरी पुलमा भ्वाङ परेपछि अवरुद्ध सडक अवरुद्ध भएको हो। लामो समय अवरुद्ध भएको राजमार्ग एकतर्फी खुलेपछि अहिले गाडि हरुको चाप बढेको छ। दुवै तर्फ भने तत्कालै खुल्ने अबस्था छैन।
भिडियो