१५०
Sharesनेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७सय १८ जनाको नमुनामध्ये १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी ५५ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या २सय ५२ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ११ जना छन् यस्तै भेन्टिलेटरमा कुनै पनि विरामी नभएको मन्त्रालयले जनाएको छ ।
संक्रमण बढेसँगै कोरोना विरुद्ध कोरोनाको बुस्टर डोज खोप लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।