५५४
Sharesधादिङको धुनिबेशी नगरपालिका ६ गौचरणमा रहेको कालीदेवी आधारभूत विद्यालयलाइ डस्टविन वितरण गरिएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत आइतबार प्रभु बैंक धार्के शाखाबाट विद्यालयको वातावरणलाई सफासुग्घर र वातावरणमैत्री बनाउनको लागि डस्टविन वितरण गरिएको प्रभु बैंक धार्के शाखाका मेनेजर प्रबिण कोइरालाले टोल टोलको खबर डट कम लाइ बताउनु भयो।
विद्यालयलाइ डस्टविन उपलब्ध गराई सहयोग गरेको भन्दै उक्त विद्यालयका प्रधानाध्यापक अर्जुन आचार्यले प्रभु बैंक लाइ धन्यवाद दिदै भोलिका दिनहरुमा पनि सहकार्य गर्दै जाने बताउनु भयो।
उक्त डस्टविन वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि , विद्यालय शिक्षक बिधार्थी ,प्रभु बैंक धार्के शाखाका
बिभिन्न पधाधिकारी हरु लगाएतको उपस्थिति रहेको थियो।