१३८
Sharesफाइल फोटो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ ।
शनिवार हिजाे बसेको संसदीय दलको बैठकमा अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाउनु भएको पार्टीले जनाएको छ ।
पार्टीको संसदीय दलको बैठक भाेलि सोमवार बस्ने र बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिनुभयो । यही वैशाख १० गते सम्पन्न भएको उपचुनावमा चितवन क्षेत्र नं २ बाट सभापति लामिछाने निर्वाचित हुनु भएसँगै शुक्रवार शपथ लिनुभएको थियो ।