१५५
Sharesधादिङका थप ४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।
शुक्रबार नीलकण्ठ नगरपालिकाकामा ३ जना र त्रिपुरासुन्दरीमा १ जना गरी ४ जनामा स्क्रब टाइफसको संक्रमण देखिए स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ४२ पुगेको छ।
स्वास्थ्य कार्यालयद्धारा सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक बर्षको साउन यता २० जना पुरुष र २१ जना महिलामा स्क्रब टाइफस संक्रमण भएको छ ।
धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ ।
माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ । मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।