FLASH NEWS

नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा सहारा साकोसको शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ चैत्र ३०, बिहिबार (१ साल अघि)
  • ३७४

    Shares

नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा सहारा साकोसको शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न
गायत्री खतिवडा,  धादिङ ।  सहारा महिला बचत तथा ॠण सहकारी संस्था लि ले नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको छ । सहारा महिला साकोसको कार्यलयमा भएको कार्यक्रममा जिल्ला बचत संघका ब्यबस्थापक गोकर्ण दुवाडी ,शिबज्योती महिला बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष चमेली काप्री, रामकोट बचत तथा ॠण सरकारीका राजकुमार श्रेष्ठ , नारी बिकास बचत तथा ॠण सहकारीका अध्यक्ष भगवती उप्रेती , निलकण्ठ महिला बचत तथा ॠण सहकारीका अध्यक्ष पार्वती अधिकारी लगायत विभिन्न सहकारीका प्रतिनिधिहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा पछिल्लो समयमा बजारमा देखिएका समस्याहरुका बारेमा छलफल गरिएको थियो । देश बिकासको तीन खम्बे नीति अनुसार सहकारी महत्त्वपूर्ण एउटा खम्बा भएकोमा पछिल्लो समय गलतकाम गर्ने केही बित्तिय संस्थाको कारण सहकारीप्रति पनि नकारात्मक धारणाहरु देखिएकोमा चिन्ता व्यक्त गरिएको छ ।
कोभिडका कारण बजारमा बित्तीय संकट देखापरेको , बेरोजगारीको दर बढेको , ॠण तिर्नुपर्दैन भन्ने अनावश्यक हल्लाले सदस्यहरु अलमलमा परेको कारणले सहकारी प्रतिको सकारात्मक धारणा बढाउन आवश्यक रहेको कुरा औल्याइएको छ । सहारा महिला साकोसको अध्यक्ष पार्वती राई खाँडको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीले महिलाहरुको बिकास र सशक्तीकरणका लागि महत्त्वपूर्ण भुमिका खेल्दै आएकोले सदस्यहरुलाई आम्दानी संग जोडेर सुशासनमैत्री, जवाफदेही र पारदर्शी हुनुपर्नेमा सबैले जोड दिएका छन् ।
Seen by Keshav Adhikari at 2:45 PM
हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस