FLASH NEWS

गजुरी गाँउपालिका अध्यक्षलाई तीन दलिय ध्यानार्कषण पत्र

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ चैत्र २९, बुधबार (१ साल अघि)
  • ३१८

    Shares

गजुरी गाँउपालिका अध्यक्षलाई तीन दलिय ध्यानार्कषण पत्र

जुरी, २९ चैत्र ः स्थानीय तह निर्वाचन २०७९ पछि निर्वाचित गजुरी गाँउपालिकाका जनप्रतिनिधिहरुले गरेका नीतिगत निर्णय तथा गतिविधि चित्त बुझ्दो नभएको भन्दै अध्यक्ष गणेशलाल श्रेष्ठलाई तीन दलका प्रमुखले १० बुदें ध्यानार्कण पत्र बुझाएकाछन् । यस आर्थिक वर्षमा १५ करोड भन्दा माथी ठेक्का लाग्नु पर्ने ढुंगावालाुवाको आन्तरिक ठेक्कालाई बहाननमा तीन करोडमा झारी ठेक्का लगाउने र हाल आएर भएका कगर तथा खोला खोल्सीमा डोजर प्रयोग गरी उत्खनन् गर्ने प्रक्रिया बन्द गर्नु पर्ने, सामुदायिक विद्यालयको स्तरोन्नती गरी अघि बढ्नु पर्नेमा सरोकार पक्षहरुको छलफल विनै विद्यालयहरुको तह घटुजा गर्ने कदम तत्काल राकिनु पर्ने, विगत देखि गाँउपालिकाले राखेका सवै तहका शिक्षक तथा कर्मचारीहरुका निरन्तरता कार्य गरिनु पर्ने ध्यार्नाकर्षण पत्रमा उल्लेख गरिएको छ । ध्यार्नाकर्षण पत्र बुझाउनेमा नेकपा एमाले गजुरीका अध्यक्ष माधव भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी गजुरीका सभापति नवराज कडेंल र राष्ट्रिय प्रजातन्त्र पार्टी गजुरीका अध्यक्ष दिपेन्द्र शाह रहेको छन् ।
यसैगरीसामुदायिक विद्यालयको व्यवस्थापन समिति गठन गर्दा सवै राजनीतिक दल तथा पक्षको अपनोत्व हुनेगरी समिति गठन गर्नु पर्ने, गत २०७९ मंसिरमा भएको निर्वाचनको सम्मुखमा गाँउपालिकाले विपदको नाउँबाट गरेको खर्च र भुक्तानीको विवरण सार्वजानिक गरिनु पर्ने र सार्वजानिक सडक मर्मत तथा संभारको नाउँमा भएको खर्च भुक्तानीलाई सार्वजानिक गरिनु पर्ने माग राखेकाछन् । यसैगरी जिल्ला खेलकुद विकास समिति धादिङ आयोजक रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को खर्च भुक्तानी गजुरी गाँउपालिकाबाट नगरियोस, सहकारी माध्यमबाट कृषकलाई दिइने मलखादको व्यवस्थापनमा गाँएपालिकाको अनावश्यक हस्तक्षेप वन्द गरी आवश्यकता अनुसार मलखाद व्यवस्थापन गरिनु पर्ने, सार्वजानिक विकास निर्माणको उपभोक्ता समितिहरुको गठन प्रक्रिया सार्वजानिक सूचना मार्फत आह्वान गरी गठन गर्नु पर्ने तथा निर्माण सम्पन्नताको सिलशिलामा गरिने सार्वजानिक सुनुवाईलाई कागजमा मात्र सिमित नगरि व्यवहारमै देखाउनु पर्ने र गाँउपालिका भित्र हुने सवै विकास निर्माण तथा कार्यक्रमहरुको सार्वजानिक सुनुवाई मार्फत खर्च तथा प्रगतिको जानकारी गरिनु पर्ने ध्यानार्कषण पत्रमा भनिएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस