६६
Sharesआज मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच पुनः वार्ता हुने भएको छ ।
मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति र गृह मन्त्रालयका सह-सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली आज मङ्गलवार पनि वार्ता हुन लागेको जानाइएको छ ।
दुई दिनसम्म चलेको वार्तामा सहमति हुन नसके पछि आज मङ्गलवार वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने भएको छ ।
संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमवार छलफल भए पनि सहमति नभए पछि आज मङ्गलवार पुनः छलफल गर्न लागिएको संयोजक अवधेश कुशवाहले जानकारी दिनु भयो ।