FLASH NEWS

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ चैत्र २२, बुधबार (१ साल अघि)
  • १२८

    Shares

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट शीतल निवास फर्कनुभएको छ ।

उहाँ पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना हुनुभएको थियो ।

अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको उल्लेख छ ।

राष्ट्रपति पौडेललाई केही समय पूर्णरुपमा आराम गर्न चिकित्सकहरूले सुझाव दिनुभएको जनाइएको छ ।

यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस