FLASH NEWS

धुनिवेशी आदर्श क्याम्पसको स्ववियू निर्वाचन को लागि : छुट्टा छुट्टै प्यानल उम्मेदवारी दर्ता

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ चैत्र २२, बुधबार (१ साल अघि)
  • १७७

    Shares

धुनिवेशी आदर्श क्याम्पसको स्ववियू  निर्वाचन को लागि : छुट्टा छुट्टै  प्यानल उम्मेदवारी दर्ता

धुनिवेशी ।  धुनिवेशी आदर्श क्याम्पसमा हुने स्ववियु निर्वाचनमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियू र नेपाली कांग्रेस निकट नेविसङ्घको संयुक्त प्यानल घोषणा भएको छ । अनेरास्ववियूले सभापतिसहित एक सदस्य लिएको छ भने नेवि संघले सचिव, कोषाध्यक्षसहित २ सदस्य पाएको छ ।
दुई संगठनको साझा उम्मेदवार नेकपा एस निकट अनेरास्ववियूका रोशन नेपाल सभापतिको उम्मेदवार रहेका छन् भने सुनिता विशुंखे सदस्य पदकी उम्मेदवार छिन् ।

यस्तै नेवि संघबाट रञ्जिता बस्नेत सचिव, रश्मि राई कोषाध्यक्ष, रेजिना मिश्र र दिपेश तामाङ सदस्य पदका उम्मेदवार रहेका छन् । सभापतिको उम्मेदवार नेपालले क्याम्पसलाई सवल बनाउन र बिद्यार्थीको हकहितको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

यता नेकपा एमालेनिकट बिद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलले छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । जसमा सभापतिमा सृजना के सी सचिबमा रसिला सुनार कोषाध्यक्षमा अमृता ढुङ्गाना सदस्यमा सुजित मगर , काजल बास्कोटा र रचना धिताल रहेका छन्

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस