FLASH NEWS

बेलुकीपख हावाहुरी र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ चैत्र २०, सोमबार (१ साल अघि)
  • १०६

    Shares

बेलुकीपख हावाहुरी र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने

धेरै ठाउँको मौसम अहिले सफा भए पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसोदेखि नै मौसम बदली भइ बेलुकीपख हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार आज बाग्मती, कोशी, गण्डकी र सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ।

केही दिनयता दिनहुँ बेलुकीपख पानी पर्ने गरेको छ । पश्चिमी वायुसँगै स्थानीय वायु पनि सक्रिय भएकाले पानी परिरहेको मौसमविद् शाक्यले बताउनुभयो । उहाँका अनुसार प्रि-मनसुनमा बिहान मौसम खुले पनि दिउँसो पछि बदली भएर पानी पर्ने हुन्छ । अहिले पश्चिमी वायु सक्रिय भइरहेकाले लगातारजसो मौसम बदली भइ पानी परिरहेको हो ।

उच्च पहाडी र हिमाली जिल्लाका एक/दुई ठाउँमा हिमपातसमेत भएको छ । यसले गर्दा चिसो बढाएको छ । पश्चिमी वायु सक्रिय हुँदा चिसो हावा बहने भएकाले बिहान र बेलुका जाडो नै छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ ३० मिलिमिटरभन्दा धेरै वर्षा भएको मौसमविद्ले बताएका छन् ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस