FLASH NEWS

नवज्योती साकोसमा १ दिने संस्थागत क्षमता विकास तालिम गरियो

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ चैत्र १९, आईतबार (१ साल अघि)
  • ३२

    Shares

नवज्योती साकोसमा  १ दिने संस्थागत क्षमता विकास तालिम  गरियो

धार्के।  धादिङको धुनिबेशी नगरपालिका ६ धार्केमा रहेको नवज्योती बचत तथा ऋण सहकारीमा १ दिने संस्थागत क्षमता विकास तालिम सम्पन्न भएको छ।
धादिङ बचत तथा ऋण सहकारीको प्राबिधिक सहयोग र नवज्योती बचत तथा ऋण सहकारीको आयोजनामा १ दिने संस्थागत क्षमता विकास तालिम भएको हो


नवज्योति साकोसका संचालक समिति एवं विभिन्न समितिहरु लाई तालिम दीइएको हो।
संस्थाको अध्यक्ष अर्जुन आचार्यद्वारा उद्घाटन गरिएको तालिममा संस्थाका उपाध्यक्ष राम राजा आचार्यले स्वागत गर्नु भएको थियो।
उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका प्रमुख व्यबस्थापक गोकर्ण दुवाडिले तालिमको सहजीकरण गर्नु भएको थियो। तालिममा सहकारीका संचालकहरुको कसरी क्षमता बिकास वृद्धि गर्न सकिन्छ, सहकारीलाई सुरक्षित रुपमा कसरि संचालन गर्न सकिन्छ साथै संचालकहरुको काम कर्तव्य र अधिकार के हो? कसरी शेयर सदस्यहरुलाई सेवा दिन सकिन्छ लागाएतको बिषयमा अन्तर्कृया गरिएको । संस्थाका अध्यक्ष अर्जुन आचार्यले टोल टोलको खबर लाई जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस