५८६
Sharesथाक्रे। धादिङको थाक्रे गाउपालिका ७ मा रहेको कालिका मा.बि को विद्यालय व्यवस्थापन समितिमा युबराज खतिवडा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ।
कालिका मा.बि थाक्रे ७ को नवगठित विद्यालय व्यवस्थापन समितिका सदस्य हरुमा भीमसेन सुयाल ,रोजन लामा ,सिता बुढाथोकी ,सित सुयाल ,सरस्वति थापा ,गुनु तामाङ रहनु भएको छ भने सदस्य सचिब मा विद्यालय का प्र अ धर्म राज सिङ्खडा रहनु भएको छ।
यस्तै सल्लाहकार समितिमा सोम बहादुर तामाङ,सुरज खतिवाडा ,शंखर तामाङ,मिलन तामाङ रहनु भएको छ। शिक्षक प्रतिनिधिमा भने रस्मि तामाङ रहनु भएको विद्यालयले जनाएको छ। नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युबराज खतिवडा थाक्रे ७ का वडा अध्यक्ष पनि हुन्।