३१५
Sharesनेपाल पत्रकार महासंघको आयोजनामा आजदेखी लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन सुरु भएको छ । महासंघले आफनो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो ।
सम्मेलनमा सदस्यता शुद्धीकरण, आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनलगायत अन्य बिषयमा छलफल हुने महासंघका अध्यक्ष विपुल पोखरेलले बताउनुभयो ।
सो सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र अनुसन्धाताको समेत सहभागी रहेको छ भने सम्मेलनमा देशभरबाट २५० जना भन्दा बढि सहभागी भएका छन ।
चैत १६ गते महासंघले स्थापना दिवसको अवसमार पश्चिम नवलपरासीमा प्रभातफेरि गरेको छ भने परासीमै महासंघको ८औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ । साथै महासंघका अध्यक्ष विपुल पोखरेलले सथापनाको अवासरामा भिडियो मार्फत शुभकामना ब्याक्त गर्नु भएको छ।