३०१
Sharesनाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौ बार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष पिताम्बर प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक निरज कुमार बस्नेत,हरिकृष्ण सुवेदी,वेद प्रसाद शिवाकोटी,साेफिया आचार्य,विवेक कडेल र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र बहादुर कार्कीको उपस्थिति रहेको थियाे।
कार्यक्रमा कार्यकारी अधिकृत उपेन्द्र कार्कीले सम्पूर्ण सेयरधनि लगाएत उपस्थितिलाई स्वागत गर्नु भएको थियो ।
अध्यक्ष पिताम्वर प्रसाद आचार्यबाट बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे।अध्यक्ष आचार्यले प्रस्तुत गरेका बार्षिक प्रतिवेदन माथि छलफल भयो।भने प्रतिवेदन माथि उठेका जिज्ञासाहरुको प्रत्युत्तर तथा प्रस्तुतिकरण भयो।धादिङको नौविसे एग्रो रिसाेर्टमा भएको साधारणसभाको सञ्चालन संस्थाका बाबुराम सुबेदिले गर्नु भएको थियो ।