३०२
Sharesधुनिबेशी। मच्छिन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको प्रत्यक्ष निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीका अनिल उप्रेती सभापतीमा विजयी भएका छन् । उप्रेती १०९ मत सहित सभापतीमा निर्वाचित भएका हुन् भने सभापतीका उम्मेदवार नेविसँघका राजेश भट्टराईले ९६ मत ल्याएका छन् ।
उक्त क्याम्पसमा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुको सँयुक्त प्यानल र काँग्रेस निकट नेविसँघ र नेकपा समाजवादी निकट अनेरास्ववियुको सँयुक्त प्यानल बिच प्रतिष्पर्धा भएको हो ।
माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुको तर्फको प्यानलबाट सभापतीमा उप्रेती मात्र निर्वाचित भएका छन् । सचिव, कोषाध्यक्ष लगायत सदस्यहरुमा भने काँग्रेस निकट नेविसँघ र नेकपा समाजवादी निकट अनेरास्ववियुको सँयुक्त प्यानल विजयी भएको छ ।
स्ववियुको निर्वाचनमा सचिवमा एलिशा भण्डारी र कोषाध्यक्षमा सुर्य तामाङ निर्वाचित भएका छन् । भण्डारी र तामाङ नेकपा समाजवादी निकट अनेरास्ववियुका हुन् ।
यस्तै सदस्यहरुमा नेविसँघका सञ्जु खड्का र अभिशेक पाठक विजयी भएका छन् । यस्तै नेकपा समाजवादी निकट अनेरास्ववियुका उत्सव गौतम, रेश्मा गिरी, सुनिल उप्रेती र शुष्मा सुनार विजयी भएका छन् ।
मत परिणाम कसको मत कति ?