FLASH NEWS

गजुरीले दिगो विकासका लागि टोल विकास संस्था परिचालन गर्ने

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ चैत्र ४, शनिबार (१ साल अघि)
  • ३३६

    Shares

गजुरीले दिगो विकासका लागि टोल विकास संस्था परिचालन गर्ने


विकासमा जनसहभागिता र गैरसरकारी संस्थाहरुको महत्वपूर्ण भुमिका हून्छ । स्थानीय सरकार मात्रले विकास गरेर दिगो नहुन पनि सक्छ । त्यस कारण विकासमा स्थानीयको सहभागिता गर्न टोल विकास संस्था परिचालन गर्नु पर्छ गजुरी गाँउपालिका अध्यक्ष गणशे लाल श्रेष्ठले बताउनु भयो । गजुरी गाँउपालिका र फियान नेपालले संयुक्त रुपमा आयोजना गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्वन्धी ऐन कार्यान्वय, स्थानीय सुशासन र खाद्य प्रणाली सवलीकरणका लागि टोल विकास संस्था परिकालन कार्यक्रम विषयक अन्तरक्रियामा बोल्दै फियान नेपालसंग टोल विकास संस्था परिचालन कार्यक्रमको विषयमा धेरै पटक छलफल भइसकेको छ । गजुरी गाँउुपालिका कार्यक्रम अघि बढाउन सकारात्मक रहेको बताउनु भयो ।
उपाध्यक्ष समिर्ला विसुरालले विकासमा साझेदार संस्थाहरु थपिनु पर्छ तर गाँउपालिकासंग समन्वय हुन पर्छ । स्थानीय सरकारले मात्र सवै काम एकै पटक गर्न सकिदैन भनेर गैरसरकारी संस्थाहरुसंग साझेदारी गर्ने हो । टोल विकास संस्था परिचालन गरेर जनतालाई विकासमा सहभागि गरे मात्र विकासमा अपनत्व आउँछ भन्नु भयो ।
संस्थाहरुले सवै परिवारलाई समेटेर काम गनृ श्रोत नहुने होला । पालिकाले पनि सवैलाई एक साथ योजना दिन नसक्ने होला । त्यस कारण एकद्वार प्रणालीबाट काम गर्न टोल विकास संस्था परिचालन आवश्यक छ। गर्नु पछ । सामाजिक परिचालन नगरि दिएको योजना, चिजवस्तु टिकाउन नभएको थुप्रै तथ्यहरु छन् वडा अध्यक्ष ऋषिलाल श्रेष्ठले बताउनु भयो । वडा अध्यक्ष एंव गजुरी सरकारका प्रवक्ता बद्री जमरकटेलले सरकारसंग समन्वय गरेर काम गर्न गैरसरकारी संस्थालाई आग्रह गर्दै गजुरी गाँउपालिकामा कार्यक्षेत्र बनाउर आएका गैसरसरकारी संस्थालाई आफुखुसी काम गर्ने छुट छैन । गाँउपालिका सदैव सहकार्यका लागि तयार रेहकोले जनताको आवश्यकताको आधारमा काम गर्न आग्रह गर्नु भयो ।
शाखा प्रमुखहरुको तर्फबाट शिक्षा शाखा प्रमुख भिमसेन विष्टले हामी पटक पटक छलफल गछौ र फेरी छलफल गछौ । कार्यान्वयनमा कतै अलमलिरहेका छौ । जत िअलमलिन्छौ उती नै विकास दिलो हुन्छ । गाँउपालिका र गैरसरकारी संस्थाहरु वीच छलफल, अन्तरक्रिया गरेर कार्ययोजना सहित अघि बढे कार्यान्वयन गर्न सकिन्छ । विकासका कामलाई प्रभावकारी बढाउन सवै परिवारलाई टोल विकास संस्थामा आवद्ध गर्ने कुरा छ । यो काम भए महत्वपूर्ण काम हुने छ ।
गैरसरकारी संस्थाको तर्फ बाट बोल्दै शान्ति नेपालका लालप्रसाद पोख्र्रेलले अहिले समुदायले धान्न नसक्ने समूहहरु गठन भइरहेकाछन् । संस्था र कार्यक्रमको प्रकृति अनुसार समूह गठन हुदाँ एकै समुदायका चार∕पाँच वटा भन्दा पनि वढी समूह परिचालन भएकाले पाँउने शासमा समुदायले गुमाउदैछन् । त्यसकारण पनि एउटा टोलमा एउटा मात्र समूह वा संस्था हुन आवश्यक भएको वेला टोल विकास संस्था गठन र परिचालन गर्ने कुरा स्वयम समुदाय, स्थानीय सरकार र गैरसरकारी संस्थाहरुलाई लाभ हुने बताउनु भयो । कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्दै फियान नेपालका अध्यक्षले गजरी गाँउपाकिलाले खाद्य तथा पोषण सुरक्षा योजना तर्जुमा गरेर कार्यान्वयनमा ल्याउने नेपालको पहिलो पालिका भएको उल्लेख गदै अव सवै परिवारलाई विकास साझदार बनाउने कुरामा पनि अगुवाई गर्नु हुन्छ भन्ने विश्वास रहेको बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा फियान नेपालका केस यूनिट कोअडिनेटर तिलक अधिकारीले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता अवधारण र विद्यमान ऐन कानूनले गरेको व्यवस्थाको विषयमा प्रस्तुती गर्नु भएको थियो । फियान नेपालका फिल्ड अधिकृत राजेन्द्र बस्नेतले स्थानीय सुशासन र खाद्य प्रणाली सवलीकरणका लागि टोल विकास संस्था परिचालनको विषयमा प्रस्तुती गर्नु भयो ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस