३८६
Sharesनेकपा एमालेले दुई महिने ग्रासरुट अभियान अन्तर्गत धादिङका विभिन्न वडाहरुमा धमाधम भेला तथा बैठकहरु संचालन गरिरहेको छ ।पार्टी सुदृढिकरण तथा बिस्तार अभियानको रुपमा सबै पालिकामा केन्द्रीय प्रतिनिधिहरु खटाएर अभियान संचालन भइरहेको नेकपा एमाले धादिङको सचिवालयले जानकारी दीएको छ ।
अहिले धादिङका बिभिन्न वडावडामा कमिटि बैठक र पुनर्गठन तथा गठनका कार्यक्रम संचालन भइरहेको नेकपा एमाले जिल्ला कमिटि उपसचिव राधिका सापकोटाले जानकारी दिनु भयो ।
गंगाजमुना गाउँपालिका
गंगाजमुना गाउँपालिका वडा नम्बर ७ बुढाथुममा आइतबार वडा स्तरीय पार्टीको विस्तारित भेला तथा बैठक सम्पन्न भएको छ ।
वृहत पार्टी निर्माण र जनताहरुसमक्ष पार्टीको गतिविधि पुर्याउनका लागि पार्टीले अघि सारेका रणनिति र कार्यक्रम बारे जानकारी दिन संचालित अभियानको क्रममा टोलटोलमा भेला गर्ने, स्थानीय स्तरमा जनसंगठनहरु निर्माण गर्ने र पार्टी छाडेकाहरुलाई पार्टीमा कसरी फर्काउने भन्ने विषयमा छलफल गरि रणनीति बनाइएको नेकपा एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले बताउनुभयो ।
गंगाजमुना वडा नम्बर ७ को वडा स्तरीय विस्तारित भेलाका प्रमुख अतिथि श्रेष्ठले जनता र जनताले पार्टीका लागि र पार्टीले जनताका लागि काम गर्ने बताउनुभयो ।
भेलालाई नेकपा एमाले प्रदेश कमिटि सदस्य ध्रुब विक, नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष धनबहादुर घले, सचिव अर्जुन श्रेष्ठ, गंगाजमुना गाउँपालिका कमिटिका अध्यक्ष भक्तबहादुर लामीछानेले सम्बोधन गर्नुभएको थियो ।
नीलकण्ठ नगरपालिका
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ को वडा कमिटि बैठक तथा कार्यकर्ता भेला खाल्टेमा सम्पन्न भएको छ ।
पुराना र नयाँ सदस्यहरु मिलेर पाटीृ चलाउँदा उत्तम हुने भएकोले सबै सबैलाई समेटेर एमाले जनताको पार्टी बनाउने अभियानमा जनताहरु समेत सहभागि भएको नेकपा एमालेका केन्द्रीय सदस्य कैलाश ढुंगेलले बताउनुभयो ।
खाल्टेमा आयोजित भेलाका प्रमुख अतिथि ढुंगेल, नेकपा एमाले प्रदेश कमिटि सदस्य नरेश खतिवडा, नेकपा एमाले जिल्ला कमिटि उपसचिव राधिका सापकोटा, लगायतले सम्बोधन गर्दै टोलटोलमा पार्टी निर्माणका लागि लाग्न आग्रह गर्नुभयो ।
टोल स्तरमा जनताको घरदैलोमा पुग्नेगरि कार्ययोजना निर्माण भएको र नेकपा एमाले जनताको घरघरमा पुग्ने बताइएको छ ।
गल्छी गाउँपालिका
नेकपा एमाले गल्छी गाउँपालिका वडा नम्बर २ को वडा स्तरीय बिस्तारित बैठक कल्लेरीमा सम्पन्न भएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य केशव स्थापितको प्रमुख आतिथ्यमा सम्पन्न वडा स्तरीय बिस्तारित बैठकले पार्टी कार्यकर्ताको मागको आधारमा टोल स्तरका कार्यक्रम संचालनबारे कार्ययोजना निर्माण भएको छ ।
कार्यक्रमलाई नेकपा एमाले प्रदेश कमिटि सदस्य शम्भु थापा, नेकपा एमाले गल्छीका अध्यक्ष केदार खतिवडा, नेकपा एमाले जिल्ला कमिटि सदस्य राधा तिमल्सीना लगायतले सम्बोधन गर्दै जनताका लागि एमाले रहेको बताउनुभयो ।
धुनीबेसी नगरपालिका
धुनीबेसी नगरपालिका वडा नम्बर २ को बैठक महेश फाँटमा सम्पन्न भएको छ ।
नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटि सदस्य गोबिन्द कँडेल, सुरेश आचार्य, मन्दिरा श्रेष्ठ लगायतको सहभागिता रहेको छ ।
वडाको जनसंगठन निर्माण तथा पुनरगठन, सबै टोल कमिटि गठन, सदस्यता विस्तार, पार्टी छाडेकालाई पार्टीमा फर्काउने र अन्यलाई पार्टीमा भित्रयाउनेबारे रणनितिक रुपमा छलफल गरि योजना निर्माण गरिएको नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य डा. अधिकारीले जानकारी दिनुभयो ।
ज्वालामूखी गाउँपालिका
नेकपा एमालेको ग्रासरुट अभियान अन्तरगत ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ को वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।
नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य दुर्गा नारायण शाक्य, नेकपा एमाले जिल्ला कमिटि सदस्य योगेश्वर अर्याल लगायतले सम्बोधन गर्दै पार्टी एकाता र जनसंगठन निर्माणका लागि अभियान संचालन गरि पार्टी सुदृढिकरण गर्ने बताउनुभयो ।
शनिबार ज्लालामूखी गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ७ मा समेत पार्टी कार्यकर्ताहरुको भेला सम्पन्न भएको थियो ।
वडा कमिटि गठन
नेकपा एमाले ग्रासरुट अभियान अन्तरगत ज्वालामूखी गाउँपालिका वडा नम्बर ७ को वडा कमिटि गठन गरिएको छ । शिवराज छत्कुलीको अध्यक्षतामा गठन गरिएको वडा कमिटि सचिवमा दुर्गा इटनी रहनुभएको नेकपा एमाले ज्वालामूखी गाउँपार्टी अध्यक्ष राजेश अधिकारीले बताउनुभयो ।
नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य देबप्रसाद त्रिपाठीको प्रमुख आतिथ्यमा भएको वडा स्तरीय कार्यकर्ता भेलाले कमिटि गठन गरेको हो । भेलालाई नेकपा एमाले जिल्ला कमिटि उपसचिव हरीराम लाहनी लगायतले सम्बोधन गर्नुभएको थियो । सोही भेलाको अबसरमा अनु सृमललाई नेकपा एमाले स्वागत गरि पार्टी प्रवेश गराइएको थियो ।
वडामा किसान महासंघ
नेकपा एमाले ग्रासरुट अभियान अन्तरगत गंगाजमुना गाउँपालिका वडा नम्बर ६ बसेरीमा किसान महासंग गठन गरिएको छ ।
वडा स्तरी एमाले पार्टी कार्यकर्ता भेलाको अबसरमा किसान महासंघ गठन गरिएको हो ।
सत्बहादुर लामीछानेको अध्यक्षतामा गठन गरिएको किसान महासंघ वडा कमिटीमा १३ सदस्य रहेका छन् ।