FLASH NEWS

होलीमा एघार सयभन्दा बढी सवारीसाधन नियन्त्रणमा

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ फागुन २३, मंगलबार (१ साल अघि)
  • ५५

    Shares

होलीमा एघार सयभन्दा बढी सवारीसाधन नियन्त्रणमा

उपत्यका ट्राफिक प्रहरीले फागुपर्व मनाउँदा नियम उल्लङ्घन गरी सवारी चलाउने एक हजार १५१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुरका विभिन्न ६२ वटा स्थानमा गरिएको चेकजाँचका क्रममा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी चलाइएका सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहानैदेखि सवारी चेकजाँचमा कडाइ गरिएको बताउनुभयो। लागूपदार्थ सेवन गरी सवारी चलाउने १६ जना चालकलाई नियन्त्रणमा लिइएको छ। तीनै जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले चेक प्वाइन्ट खडा गरी सवारीसाधनको चेकजाँच गरेका थिए। यस पटकको फागुपर्वमा सवारी दुर्घटनामा निकै कमी आएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रमुख चौधरीले छिटपुटबाहेक सोमबार सवारी मानवीय क्षति हुने गरी कुनै दुर्घटना नभएको जानकारी दिनुभयो।

जिल्ला प्रहरी परिसरले कसैको इच्छाविपरीत रङ दल्ने, मादक पदार्थ सेवन गरी झगडा गर्ने २५० भन्दा बढीलाई पक्राउ गरेको जनाएको छ। परिसरका प्रवक्ता सीताराम रिजालका अनुसार पक्रउ परेकामध्ये ११ जना महिला छन्। वसन्तपुर, माइतीघर, ठमेल, लाजिम्पाट, नयाँ बानेश्वर, पुतलीसडक, जावलाखेल, कीर्तिपुरलगायतका स्थानमा विशेष साङ्गीतिक कार्यक्रम गरी होली खेल्नेको भीड नै लागेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस