FLASH NEWS

विद्यालयमा खाना उत्सव

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ फागुन १७, बुधबार (१ साल अघि)
  • ४५१

    Shares

विद्यालयमा खाना उत्सव

धुनिबेशी नगरपालिकाको वडा नं ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयमा बुधबार छुट्टै चहलपहल थियो । कोहि विद्यार्थि पिठो मुछ्दै थिए कोहि चुलोमा केहि पकाउँदै कोहि पानी बोक्दै अनि एक अर्कालाई सहयोग गर्दै थिए भने साना साना नानीबाबुहरु भने वरिपरिर बसेर रमाईलो हेदै थिए ।
केहि बेरको तयारी पछि केहि विद्यार्थिहरु आफुले तयार पारेका विभिन्न परिकारहरु टेवुलमा सजाएर राखे र सुरु भयो विद्यालयको खाना उत्सव ।
विद्यार्थिहरुले मौलीक परिकारहरु मासको बारा, फापरको रोटि, सेल, पुरी, खिर, भुटेको मकै, बदाम, भटमास, विभिन्न थरिका तरकारी अचारहरु तयार पारेका थिए ।
सुरुको टेबुलमा थरि थरिका खानेकुराको मुल्य सूचि तयार पारिएको थियो भने अफुलाई मन पर्ने खानेकुरा छानी छानी खान सुरुमा पैसा तिर्नुपर्ने व्यवस्था गरिएको थियो ।
धुनिबेशी नगरपालिकाका उप प्रमुख सुरज उप्रेतीले विद्यार्थिले तयार पारेका सबै खानेकुरा किन्नु भयो जसका लागि विद्यार्थिहरुले उहाँसंग १ सय पैतालीस रुपैया लिए । विद्यार्थिले तयार पारेको मध्य मासको बारा आफुुलाई मन परेको उप्रेतीले बताउनु भयो ।
खाना उत्सबमा सहभागी धुनिबेशी नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख सुजन राज खनालले विद्यार्थिहरुले विद्यालयमा सिकेका सैदान्तिक ज्ञानलाई व्यवहारमा उतार्न खाना उत्सवले सहयोग पुगेको बताउनु भयो । उहाँले आफुलाई बारिको पाटामा बसेर टपरिमा भोज खाएको याद पुर्नताजगि भएको बताउनुभयो ।
महादेवस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले विद्यार्थिहले कक्षा कोठामा सिकेका ज्ञानलाई सिपमा परिणत गराउन विद्यालयले हरेक वर्ष खाद्य उत्सव आयोजना गर्ने गरेको बताउनु भयो । विद्यार्थिको चौतर्फि विकासका लागि आफुहरुको प्रयासको फलस्वरुप विद्यालयले नगरको उत्कृष्ट विद्यालयको पुरस्कार समेत प्राप्त गर्न सफल भएकोले विद्यालय संग जोडिएका सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद समेत दिनुभयो ।
कक्षा ७ मा पढ्ने रिया रुपाखेतीले खाना उत्सवमा आफुले सेलरोटी पकाउन सिकेको र यसका लागि गुरुआमाहरुले सहयोग गरेको र यस्तो सिकाईले घरमा बाबु आमालाई भान्छाको काममा सहयोग पुर्याउन सकिने विस्वास रहेको बताउनु भयो ।
अर्कि छात्रा सुजिना बास्कोटाले खाद्य विविधता तथा संस्कृति आदान प्रदानका लागि यस्तो कृयाकलापहरुले आफुहरुको अध्यनको दायरा फराकिलो बनाएको बताउनु भयो । खाद्य उत्सव पछि आफुहरुले खानोकुरा तयार पार्न आवश्यक कच्चा पदार्थ किन्ने, तिनिहरुको प्रयोग मार्फत खाना बनाई विक्रि र विक्रि पछि त्यसको हरहिसाब र नाफा घाटाको विवरण तयार पार्न सिक्ने पनि उहाँले बताउनुभयो ।
विद्यायका पेशा व्यवसायका शिक्षक समिर सापकोटाले विद्यालयले विद्यार्थिहरुलाई सैद्यान्तिक ज्ञानका साथ साथै व्यवसायिक ज्ञान पनि दिएकाले भविश्यमा आफुले के गर्ने भन्ने विषयमा विद्यार्थिहरुमा केहि जागरण पैदा हुने विस्वास व्यक्त गर्नुभयो ।
विद्यालयका सहयाक प्रधानाध्यापक हरिबहादुर राइले विद्यालयका हरेक शिक्षण शिकाई क्रियाकलापलाई व्यवहारिकता तथा प्रयोगात्मक रुपमा जोड्न आफुहरु सदैव प्रयासरत रहेको बतउनु भयो ।
महादेवस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले विद्यार्थिहले कक्षा कोठामा सिकेका ज्ञानलाई सिपमा परिणत गराउन विद्यालयले हरेक वर्ष खाद्य उत्सव आयोजना गर्ने गरेको बताउनु भयो ।
विद्यार्थिहरुले तयार पारेका मिठा मिठा परिकारहरु आफुलाई असाध्यै मन परेको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि कुमार ढकालले निश्चित श्रोत र साधानका बाबजुद नगरमा संचालित संस्थागत विद्यालयहरु संग प्रतिश्पर्धा गदै अंग्रेजी माध्यमा कक्षा संचालन, शिकाईमा प्रविधिको उच्चतम् प्रयोग, विद्यार्थिहरुलाई अतिरिक्त कृयाकलापमा सहभागीता लगायतका कारण महादेवस्थान मा वि नगरमै उत्कृष्ट हुनसफल भएको बताउनुभयो ।
विभिन्न कक्षामा अध्ययन गर्ने विद्यार्थिहरुको सहभागीतामा सञ्चालन हुने प्रयोगात्मक तथा व्यवहारिहक सिकाईले विद्यार्थिहरुमा शिक्षण सिकाईमा रुचि तथा हौसला प्राप्त हुने हुदा यस्ता कृयाकलापहरु हरेक विद्यालयमा सञ्चालन गर्न सके विद्यार्थिहरुमा रहेको क्षमता उजागर हुदै उनिहरुको भविश्यको योजना तय गर्न समेत सहयोगी हुने देखीन्छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस