१७९
Sharesधुनिबेशी। धादिङको धुनिबेशी ९ मा रहेको डिल्ली सावित्री माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ। जापानी नागरिक NOJIRI YASUMASA र NHA VAN द्वारा २ सय ५० जना विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको हो । उक्त कार्यक्रम जापानमा बसोबास गर्दै आउनु भयका धुनिबेशी ९ निवासी पूर्व विद्यार्थी दिनेश लोहनीले सहजिकरण गर्नु भएको विद्यालयले जनाएको छ। विधालय व्यबस्थापन समितीका सदस्य तथा धुनिबेशी ९ का वार्ड अध्यक्ष माधव सिलवालले उक्त सामाग्री वितरण गर्नु भएको विद्यालयका प्र अ घनश्याम अधिकारीले टोल टोलको खबर लाइ जानकारी दिनु भयो।