FLASH NEWS

जनजागृति माध्यमिक विद्यालयमा अभिभाबक भेला तथा सामाजिक परीक्षण कार्यक्रम गरियो

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ फागुन ४, बिहिबार (१ साल अघि)
  • २८०

    Shares

जनजागृति माध्यमिक विद्यालयमा अभिभाबक भेला तथा सामाजिक परीक्षण कार्यक्रम गरियो

थाक्रे।  जनजागृति माध्यमिक विद्यालयले आफ्नो अभिभाबक भेला तथा सामाजिक परीक्षण  मनाएको छ।धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ को महादेवबेसीमा रहेको जनजागृति माध्यमिक विद्यालयले बुधबार एक कार्यक्रमका वीचमा अभिभावक भेला,सामाजिक परिक्षण एवम् खेलाडी सम्मान गर्दै अभिभाबक भेला तथा सामाजिक परीक्षण मनाएको हो ।कार्यक्रममा विद्यालयका प्र अ लावन प्रसाद फुयालले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
वि.स. २०५७ सालमा आग्रा खोलामा काम गर्ने मजदुरका बालबालिकाहरूलाई लक्षित गरि सिड्स नेपाल धादिङको सहयोगमा विद्यालय स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रूपाखेतीले बताउनु भयो । स्थापनाको समयमा कक्षा ५ सम्म पढाइ सुरू गरेको विद्यालयले अहिले २१ वर्ष प्रवेश गर्दा कक्षा नर्सरी देखि कक्षा १२ सम्म दृष्टि विहिन , प्राविधिक सहित अन्य विभिन्न विषयमा अध्यापन गराउँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रूपाखेतीको बताउनु भयो । यस विद्यालयमा हाल १ हजार ३ सय भन्दा बढी विद्यार्थी अध्यान गर्दै आएको विद्यालयले बताएको छ ।बुधबार एक कार्यक्रमका बीचमा थाक्रे गाउँपालिकाले सञ्चालन गरेको १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुन सफल यस विद्यालयका विद्यार्थी खेलाडीलाई सम्मान गरेको छ ।त्यसै गरी कार्यक्रममा विद्यालयले धादिङको क्षेत्र नम्बर १ बाट संघिय तथा प्रदेश सभामा निर्वाचित भएको सांसदलाई पनि सम्मान गरेको छ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जाम्कटेल, संघिय सांसद तथा बागमती प्रदेशका पृर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे, बागमती प्रदेशका सांसद मदुकुमार श्रेष्ठ, जिल्ला समुन्वय समितिका प्रमुख नवराज अधिकारी,थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा (जन्दगी)विभिन्न वडाका वडा अध्यक्षहरू,राजनीति दलका प्रमुख तथा प्रतिनिधि, शिक्षा क्षेत्रका महानभावहरू शिक्षक अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियोे । कार्यक्रममा एन सी सी तालिम गरेका बिधार्थी हरुले बिभिन्न कला पर्दशन समेत गरेका थिए।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस