१८५
Sharesजनयुद्धले स्थापित गरेको गणतान्त्रिक मुलुक समाजवादको बाटोमा जाँदै गरेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले बताउनु भएको छ । २८ औं जनयुद्ध दिवसको अवसरमा सोमबार धादिङको धुनिवेशी नगरपालिका वडा नं. ६ स्थित जनयुद्धका सहिद बैकुण्ठ रेग्मी (रोशन)को शालिकमा माल्यार्पण सँगै भएको कोण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कटेलले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको यो व्यवस्थामा समाजवाद स्थापना गर्न सहयोग गर्ने बताउनु भयो । उहाले कार्यक्रममा सहिद तथा बेपत्ता परिवार प्रती सम्मान पनि व्यक्त गर्नु भयो ।