FLASH NEWS

थाक्रेमा आज बाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०७९ माघ २५, बुधबार (१ साल अघि)
  • १०६९

    Shares

थाक्रेमा आज बाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

थाक्रे धादिङ।   धादिङको थाक्रे गाउँपालिकामा आज बाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।
थाक्रे गाउँपालिका वडा नम्बर १० को दोभाने खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

पालिका भित्र रहेका १४ वटा विद्यालयका छात्रा र छात्र गरि ५ सय ८ जना विद्यार्थीहरु  हसभागी रहेका छन् भने ३० वटा विधामा खेल खेल्ने थाक्रे गाउपालिका शिक्षा शाखा प्रमुख अनिता खनालले बताउनु भयो।

थाक्रे गाउँपालिकाको आयोजनामा वडा नम्बर १० को दोभाने खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन समारोहमा विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । मार्चपासको क्रममा आफ्नो विद्यालयको नाम रहेको ब्यानर सहित नेपालको राष्ट्रिय भण्डा समेत लिएका थिए ।

कार्यक्रमका सभाअध्यक्ष तथा थाक्रे गाउँपालीकाका अध्यक्ष रामकुमार आचार्यले कार्यक्रम उद्घाटन गर्नु हुदै पालिकाको गैरबको आयोजनाको रुपमा रहेको निर्माणधिन दोभाने खेलकुद मैदानमाका लागि १ करोड बजेट विनियोजन गरेको बताउनु भयो । तेस्तै पालिकाले खेलकुद को लागि अन्य आवस्यक बजेट पनि विनियोजित गरेको र प्रत्येक वडाहरुमा एउटा खेलकुद मैदान निर्माण गर्ने समेत बताउनु भयो।

तस्तै थाक्रे गाउपालिकाका उपाध्यक्ष यन्द्र बहादुर थापा (जिन्दगी)ले पनि थाक्रेमा खेलकुदको लागि चाहिने सबै काम गर्ने बाताउदै सफलताको शुभकामना समेत दिनु भयो ।
कार्यक्रममा सस्थापक उपाध्यक्ष अम्बिका रुपाखेती, वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका प्र.अहरु र विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रम २७ गते सम्म संचालन हुने छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस