१२९
Sharesधादिङको सिस्नेखोलादेखि काठमाडौंको दहचोक सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङमार्ग निर्माणका लागि २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको छ ।
निर्माण कार्य शुरु भएको ४२ महिना भित्रसम्पन्न गर्ने शर्तमा जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनल २०७६ कात्तिक २८ गतेदेखि औपचारिक रुपमा सुरुङ मार्गको निर्माण शुरु गरेको थियो । पहिलो सम्झौता अनुसार २०२३ अप्रिल भित्र आयोजनाको निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेमा तोकिएको अवधि भित्र निर्माण कार्य नसकिएपछि पसनः म्याद थपिएको आयोजनाले जनाएको छ ।
दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । सुरुङ मार्ग सम्पन्न भएपछि थानकोट नौैविसे सडक खण्डको लम्बाइ आठ किमि कम हुनेछ । नौबिसे नागढुंगा सडक खण्डमा हरेक दिन जस्तो घन्टौं जाममा बस्नुपर्ने बाध्यता रहँदै आएको छ । सुरूङमार्ग सञ्चालन आएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटसम्ममा आइपुग्ने दाबी सरकारी अधिकारीहरूको छ । सुरुङ मार्ग संगै राष्ट्रिय राजमार्ग सम्म पुग्नका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २।३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक समेत आयोजनाले बनाउनुपर्नेछ । हालसम्म आयोजनाको भौतिक निर्माण काम ४७.९० प्रतिशत मात्रै सकिएको बताईएको छ ।