FLASH NEWS

धादिङमा प्रेस चौतारीको स्थापना दिवसको अवसरमा छलफल तथा चियापान कार्यक्रम गरियो

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ माघ २३, सोमबार (१ साल अघि)
  • १०३

    Shares

धादिङमा प्रेस चौतारीको स्थापना दिवसको अवसरमा  छलफल तथा चियापान कार्यक्रम गरियो

धादिङ,२३ माघ ।  हिजो आइतबार प्रेस चौतारीको स्थापना दिवस,दिवसको अवसरमा धादिङबेशीमा छलफल तथा चियापान कार्यक्रम भएको छ । प्रेस चौतारीको हिजो २५ औं स्थापना दिवसको अवसरमा धादिङबेशीस्थित मदन आश्रित स्मृती भवनमा छलफल तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा एमाले धादिङका इञ्चार्ज खेम लोहनीले पत्रकारको पेशागत सुरक्षा र व्यवसायिकताबारे चिन्ता ब्यक्त गर्दै थप मर्यादित बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले पत्रकारितालाई थप मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रेस चौतारी धादिङका अध्यक्ष सानुबाबु तिमिल्सीनाको अध्यक्षतामा भएको छलफल तथा चियापान कार्यक्रममा लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा एमाले धादिङका सहइञ्चार्ज जानुका सिंखडा, एमाले बागमती प्रदेश सदस्य गंगा श्रेष्ठ, एमाले धादिङका सचिव अर्जुन श्रेष्ठ (गोर्खाली), सहसचिव राधिका सापकोटा, प्रेस चौतारीकी केन्द्रिय सदस्य गायत्री खतिवडा, सिताराम अधिकारी,प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी, लगायतको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस