FLASH NEWS

हिउँदयाम सकिनै लाग्दा समेत भएन वर्षा

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ माघ २३, सोमबार (१ साल अघि)
  • १७९

    Shares

हिउँदयाम सकिनै लाग्दा समेत भएन वर्षा

पश्चिमी वायु सक्रिय नहुँदा यसपालि हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत जमिन भिज्ने गरी वर्षा हुन सकेको छैन । यस्तै, यसपालि हिमपातसमेत राम्ररी हुन सकेको छैन । केही दिनअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परे पनि अन्य क्षेत्रमा पानी पर्न सकेको छैन । त्यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको थियो । केही दिनयता पनि पश्चिमी वायुको प्रभाव पर्न थालेको छ । यसकै प्रभावका कारण हिमाली जिल्लामा हल्का हिमपात हुने अनुमान गरिएको छ ।पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्यबदली भइरहेको छ भने तराईका जिल्लामा हुस्सु कुहिरो लाग्दै आएको छ । तर, मौसम बदली भइरहे पनि पश्चिमी वायु सक्रिय नभइदिँदा पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन ।

डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदको पहिलो महिना डिसेम्बर पानी नपरि बितेको थियो भने जनवरीमा पश्चिमका केही क्षेत्रमा हल्का वर्षा भएको थियो । तर, अहिले फेब्रुअरीको पहिलो हप्ता बित्न लागिसक्दा पनि पानी पर्न भने सकेको छैन ।

यस्तै आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली र हिमाली जिल्लामा हल्का हिमपात हुने अनुमान गरिएको छ । तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । तराईमा लागेको हुस्सु कुहिरो दिउँसो पछि हट्ने अनुमान गरिएको छ । बाक्लो हुस्सु कुहिरो लागेकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस