FLASH NEWS

आगामी ५ वर्षमा नेपालमा १ अर्ब डलरभन्दा बढी लगानी गर्ने अमेरिकाको घोषणा

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ माघ १६, सोमबार (१ साल अघि)
  • ६९

    Shares

आगामी ५ वर्षमा नेपालमा १ अर्ब डलरभन्दा बढी लगानी गर्ने अमेरिकाको घोषणा

अमेरिकी उप-विदेशमन्त्री भिक्टोरिया नुल्यान्डले अमेरिकी सरकारले आगामी ५ वर्षमा नेपालमा १ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताउनुभएको छ ।

आज पाटन दरबार क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उप-विदेशमन्त्री नुल्यान्डले अमेरिकाले हरित ऊर्जा, विद्युतीकरण तथा महिलाले सुरु गरेका व्यवसायमा लगानी गर्ने बताउनुभयो ।

उप-विदेशमन्त्री नुल्यान्डले स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रलाई अमेरिकाले प्राथमिकतामा राख्ने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री विमला राई पौडेलसँगको भेटवार्ता फलदायी रहेको बताउँदै उप-विदेशमन्त्री नुल्यान्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका विषयमा छलफल भएको बताउनुभयो ।

संक्रमणकालीन न्याय प्रक्रिया टुङ्ग्याउने तथा अमेरिकी लगानी भित्र्याउन अनुकूल वातावरण बनाउनेबारे पनि भेटमा छलफल भएको उप-विदेशमन्त्री नुल्यान्डले  बताउनुभयो ।

भेटमा भ्रष्टाचारविरुद्ध लड्न र लोकतन्त्रलाई पारदर्शी बनाउने विषयमा पनि छलफल भएको नुल्यान्डले बताउनुभयो ।

पाटन दरबार क्षेत्रमा पत्रकार सम्मेलन गर्नुअघि उहाँले पाटन दरबार क्षेत्रको  अवलोकन समेत गर्नुभएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस