FLASH NEWS

गल्छी को कालिका आ.विका विद्यार्थीलाई न्यानो कपडा वितरण

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ माघ १२, बिहिबार (१ साल अघि)
  • १४६

    Shares

गल्छी को कालिका आ.विका विद्यार्थीलाई न्यानो कपडा वितरण

धादिङ,१२ माघ ।   गल्छी गाउँपालिका–५ स्थित कालिका आधारभुत विद्यालयका ११ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

काठमाण्डौ लिकमार्ग निवासी सिंह परिवारले उपलब्ध गराएको न्यानो कपडा बुधबार वितरण गरिएको हो। “आमा नभएपछि पढ्नमा भन्दा नाना र खानाको चिन्ता” शिर्षकमा नेपाल समाचारपत्र दैनिकमा माघ ५ गते समाचार प्रकाशन भएपछि सहयोग उपलब्ध गराईएको हो ।

आमा बाबू दुबैले छाडेका गल्छी गाउँपालिका वडा नम्बर ५ छहराकी ८ वर्षीया सुनिता रम्तेल लगायतका बालबालिकाहरुले आमा नभएका कारण खान र लाउनको समस्या परेको समाचार प्रकाशन भएको थियो ।

समाचार प्रकाशनपछि काठमाडौं कुलेश्वर लिकमार्ग निवासी कर्ण बहादुर सिंह, श्रीमती पजुमा सिंह, सुश्री कमलादेबी सिंह, छोरा श्री कुशल सिंह, श्रीमती बिमलादेबी भडेल, श्रीमती कृपि सिंहले २८ हजार ५ सय बराबरको कपडा उपलब्ध गराउनुभएको हो ।

सिंह परिवारले थ्रिपवाला ट्रयाक सेट, स्वीटर,उलन टोपी, जुत्ता मोजा उपलब्ध गराईएको विद्यालयका प्रधानाध्यापक बैकुण्ठ अधिकारीले बताउनुभयो । गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, ५ नम्बर वडा सदस्य रामप्रसाद अधिकारी, गल्छी गाउँपालिकाकी पूर्व उपाध्यक्ष राधा तिमिल्सेनाले अति समस्यामा परेकालाई गरिएको सहयोगको लागि सिंह परिवारलाई धन्यवाद दिनुभयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस