FLASH NEWS

श्रीमद् भागवाद सप्ताह बृहत कलश यात्राका सहित सुरु,माघ १६ गतेसम्म चल्ने

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ माघ ९, सोमबार (१ साल अघि)
  • १२४

    Shares

श्रीमद् भागवाद सप्ताह बृहत कलश यात्राका सहित  सुरु,माघ १६ गतेसम्म चल्ने

धादिङ, माघ ९।    धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ६ परेवाटार मा अवस्थित श्री लक्ष्मीनारायण भगवानको मन्दिर प्राङ्गणमा आइतबार देखि श्रीमद् भागवाद सप्ताह शुरु भएको छ।आईतबार औपचारिक रुपमा एक कार्यक्रम आयोजना गरी भद्रकाली मन्दिर मलेखुदेखि भागवत धाम परेवाटार सम्म कलश यात्रा गरिएको थियो । चण्डेश्वरी शिव मन्दिर , चण्डिकादेवी एवम् विशाल धर्मशाला निमार्णार्थ का लागि आयोजित कार्यक्रममा सिद्दलेक गाउँपालिकाका अध्यक्ष पर्शुराम खतिवडाको प्रमुख अतिथ्यता तथा श्रीमद् भागवाद सप्ताहका संयोजक बिष्णु प्रसाद थपलियाको अध्यक्ष्यता रहेको थियो । बालतपस्वी उत्तम भट्ट महाराजज्यूको मुखारबिन्दबाट हुने श्रीमद् भागवत सप्ताह धन धान्याञ्चल ज्ञान महायज्ञ हिजो ८ गतेदेखि माघ १६ गतेसम्म चल्नेछ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस