३२९
Sharesधुनिबेशी । धादिङको धुनिबेशी नगरपालिकाले वडा नं ७ को उच्च पहाडि ‘लेक’ क्षेत्रका कृषकका लागि आलु खेती सम्वन्धि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
नगरपालिकको वडा नं ७ दोभानमा भएको कार्यक्रमममा थलि, गुर्दुम, मजुवा, धुसेनी, लिखु, चिसापानी, तोप्लाङ लगायतका क्षेत्रका कृषक समुहका कृषकहरुको सहभागिता रहेको थियो ।
संघिय सरकारको संघिय ससर्त कार्यक्रम अन्तर्गत आलु पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
हाल नगरको ७ नम्वर वडाका उच्च पहाडी भेगका एक तिहाई कृषक समेटिएको कार्यक्रम आगामी दिनमा अन्य कृषकहरुमा समेत पुर्याउने लक्ष्य रहेको नगरपालिकाका मेयर बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।
उच्च पहाडी क्षेत्रका बासिन्दाहरु कृषिमा मात्रै आश्रीत रहेको र आय आर्जनका अन्य विकल्प नभएको कारण नगरले कृषि क्षेत्रको विकास मार्फत नागरिकको जिवन यापनमा सहजता प्रदान गर्न विभिन्न कार्यक्रम हरु सञ्चालन गरिरहेको मेयर वालकृष्ण आचार्यको भनाई छ ।
धुनिबेशी वार्ड न ७ का अलावा अन्य वडामा पनि सम्भावना रहेका विशिष्टिकृत फलपूmल लगायत अन्य सम्भावित खेतीका लागि नगरले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै मेयर आचार्यले नगरका हरेक कार्यक्रममा सक्रिय सहभागीताका लागि आम कृषक र नागरिकलाई आव्हान गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा धुनिबेशी नगरपालिका कृषि विकास शाखाका प्रमुख सन्तोष खड्काले सहभागी कृषकहरुलाई आलु पकेट कार्यक्रकको जानकारी, लेक क्षेत्रमा आलु खेतीको महत्व, आलु खेतीका प्राविधिक पक्ष, आलु खेतीका लागि नगरले विनियोजन गरेको बजेट, आलु खेती पकेट कार्यक्रमका क्रममा कृषकले ध्यान पुर्याउनु पर्ने पक्षहरुका बारेमा जानकारी दिनुभयो ।
आलु पकेट कार्यक्रम अन्तर्गतको कृषक संयोजक एबम लिखुका कृषक मानसिंह तामाङले कृषकहरुले नगरको उद्देश्य बमोजिम काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रसाशनिक अधिकृत झबिलाल भुषाल, कृषि शाखाका अनुपम उप्रेती, वडा सदस्यहरु, तथा विभिन्न कृषकहरुको सहभागीता रहेको थियो भने कार्यक्रममा धुनिबेशी नगरपालिका वडा नं ७ का अध्यक्ष यदुनाथ पाठक भने उपस्थित हुनुभएन ।