FLASH NEWS

सृष्टि फाउन्डेसन नेपालको प्रथम साधारण सभा सम्पन्न।

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ माघ १, आईतबार (१ साल अघि)
  • ३५६

    Shares

सृष्टि फाउन्डेसन नेपालको प्रथम साधारण सभा सम्पन्न।

धादिङको थाक्रे गाउपालिका ६ महादेवबेशिमा सृष्टि फाउन्डेसन नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ।  सस्थाका अध्यक्ष अम्बिका रुपाखेतीको अध्यक्षतामा भएको साधारण सभामा सस्थाको सुरुवात कसरि गरियो ,सस्थाले हाल सम्म गरेको कार्य प्रगति, सस्थाको बिधान लागायतको विषयहरु सस्थाका अध्यक्ष अम्बिका रुपाखेतीले प्रस्तुत गर्नु भएको थियो। तेस्तै कार्यक्रममा महिला हरुको हक अधिकारको साथै सस्थाले अब भोलिका दिनहरुमा गर्ने सामाजिक काम हरुको बारेमा पनि छलफल गरिएको थियो।

थाक्रे गाउपालिकाका अध्यक्ष एबम कार्यक्रमका प्रमुख अतिथि रामकुमार आचार्यले सृष्टि फाउन्डेसन नेपालको प्रथम साधारण सभाको पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो। उक्त कार्यक्रममा आफ्नो शुभकामना राख्नु हुदै आचार्यले सृष्टि फाउन्डेसन नेपालले सामाजिक रुपान्तरण मा महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद समेत दिनु भयो। फाउन्डेसनले अझै भोलिका दिनहरुमा उत्कृष्ट काम गर्नुपर्ने बताउदै पालिकाबाट गर्नुपर्ने सक्दो सहयोग गर्ने बताउनु भयो।त्यस्तै कार्यक्रमका अतिथी एबम थाक्रे ८ का पुर्व वडा अध्यक्ष केसब प्रसाद प्याकुरेलले पनि फाउन्डेसनले सामाजिक क्षेत्रमा अगुवाइ गरि काम गरेकोर यश सस्था बाट आफुहरुले पनि विभिन्न कुराहरुको सिकाइ भएको बताउदै सस्थालाइ शुभकामना दिनु भयो। कार्यक्रममा वडा सदस्य देवकी पौडेल ,सुरेसा राई , थाक्रे गाउपालिका स्काउट संयोजक रबिना पौडेल ,फाउन्डेसनका विभिन्न पधाधिकारी हरु लगाएत महिला समुहका सदस्यहरु उपस्थित रहेका थिए ।

उक्त सभाले थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य , रेनु अधिकारी ,बिन्दा पाण्डे लाई सल्लाकारको रुपमा पास गरेको छ।कार्यक्रममा केही महिना अगि फाउन्डेसनले “मेरो दक्षता मेरो जित एक युवा महिला एक ड्राइभिङ सीप” भन्ने नाराको साथ एक महिने आधारभुत स्कुटर तालिम समेत दिएको थियो उक्त आधार भुत तालिममा सहभागी भइआधारभुत सीप प्राप्त गर्नु हुने सह भागी हरुलाइ फाउन्डेसनले प्रमाणपत्र प्रदान गरिएको थियो । भने प्रशिक्षक सान्ता हमाल लाइ पनि  प्रसंसा पत्र प्रदान गरिएको थियो . सृष्टि फाउन्डेसन नेपाल २०७९ भदौ ६ गते जिल्ला प्रसाशन कार्यलय धादिङ मा दर्ता भइ थाक्रे २मा स्थापना भएको सस्था हो।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस