FLASH NEWS

बागमतीमा मुख्यमन्त्री जम्कट्टेल र दुई मन्त्रीले लिए सपथ

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ पौष २६, मंगलबार (१ साल अघि)
  • ४०

    Shares

बागमतीमा मुख्यमन्त्री जम्कट्टेल र दुई मन्त्रीले लिए सपथ

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमबार मुख्यमन्त्री नियुक्त भएका उनले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सपथ लिएका हुन्।

त्यस्तै दुई मन्त्रीले पनि सपथ लिएका छन्। एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा र राप्रपाका उद्धव थापाले विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका छन्।

माओवादी केन्द्रका सांसद जम्कट्टेलले सोमबार एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनी पुस १६ गते संसदीय दलको नेतामा चयन भएका थिए। त्यस दिन काठमाडौंमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो।

जम्कट्टेल बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन्। उनी यो प्रदेशका चौथो मुख्यमन्त्री हुन्। यसअघि यस प्रदेशमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्यमन्त्री भइसकेका छन्। मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा जम्कट्टेल धादिङ- १ (ख) बाट प्रदेश सभामा सदस्यमा निर्वाचित भएका थिए।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस