FLASH NEWS

‘ए’ डिभिजन लिग फुटबलका लागि १४ वटा क्लबले गरे नाम दर्ता

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०७९ पौष २३, शनिबार (१ साल अघि)
  • ६६

    Shares

‘ए’ डिभिजन लिग फुटबलका लागि १४ वटा क्लबले गरे नाम दर्ता

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि सबै १४ वटा क्लबले नाम दर्ता गराएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लब दर्ताको लागि हिजोसम्मको समय तोकेको थियो।

हिजो मनाङ मर्स्याङ्दी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले नाम दर्ता गरेका छन् । यसअघि बिहीवारसम्म ११ वटा क्लब चर्च ब्वाइज, त्रिभुवन आर्मी, एपीएफ, मच्छिन्द्र, जावलाखेल, फ्रेन्ड्स, हिमालयन शेर्पा, थ्री स्टार, सङ्कटा, न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले नाम दर्ता गरेका थिए । यस्तै एन्फाले दर्ता भएका सबै क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५ लाख रुपैयाँ लिएको समेत जनाएको छ ।

एन्फाले आसन्न लिगको तयारीका लागि ‘ए’ डिभिजनका क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ ।  शीर्ष डिभिजनको लिग आउँदो फागुन १९ गतेदेखि सुरु हुनेछ । यस पटकको लिग विजेता टोलीले ७५ लाख, दोस्रो हुनेले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन्। उज्यालो

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस