१०५
Sharesवागमती प्रदेशमा सरकार गठनका लागि आव्हान गरिएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न २५ गते सोमबार अपराह्न ४ बजेसम्मको समय सीमा तोक्नुभएको हो ।
कुनै एक दलको स्पष्ट बहुमत नभएकाले यस प्रदेशमा पनि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।