FLASH NEWS

जनजागृती मा बिमा अध्यनरत ८१ जना बिद्यार्थीलाई युक्याप नेपाल द्वारा शैक्षिक सामाग्री वितरण

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ पौष १९, मंगलबार (१ साल अघि)
  • २५७

    Shares

जनजागृती मा बिमा अध्यनरत ८१ जना बिद्यार्थीलाई युक्याप नेपाल द्वारा  शैक्षिक सामाग्री वितरण

थाक्रे, –   धादिङको थाक्रे गाउपालिका६ महादेवबेशीमा रहेको जनजागृती माध्यमिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको छ। नमस्ते नेपाल वेल्जियमको आर्थिक सहयोग युक्याप नेपालको आयोजनामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा ८१ जना विधार्थी हरुलाइ ब्याग , कपि , कलम, पेन्सिल ,जुत्ता , स्कुल ड्रेस लगाएत शैक्षिक सामाग्री आग्रा खोला र महेस खोलामा काम गर्ने मजदुरका बालबालिका हरुलाइ वितरण गरेको हो।

उक्त सस्थाले विगत २०११ देखि २०२३ सम्म सहयोग गर्दै आइरहेको छ। कार्यक्रमका प्रमुख अतिथी एबम थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले यसरी महेस खोला र आग्रा खोलामा मज्दुर गर्दै आएका मज्दुर हरुको बालबालिका हरुलाइ सहयोग गरेको र थाक्रेको शिक्षा क्षेत्रलाई उकास्न, मज्दुरका बालबालिकाहरु लाई सहयोग गरेको भन्दै सस्थालाइ धन्यवाद दिनुभयो ।साथै भोलिका दिनहरुमा पनि यसरीनै सहकार्य गर्दै जाने पनि आचार्यले बताउनु भयो।

थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनजागृती मा बी का बिधालय बेबस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेती , युक्याप नेपालका अध्यक्ष कृष्ण कम्पुरे , बिधालयका पुर्व अध्यक्ष उर्मिला रेग्मी , सह- प्रधानाध्यापक रामचन्द्र रुपाखेती ,बिद्यार्थी लगाएतको उपस्थित रहेको सस्थाको कार्यक्रम अधिकृत सान्ता हमालले टोल टोलको खबर लाई जानकारी दिनु भयो। साथै उक्त सस्थाले कक्षा १ देखि ५ सम्मका ३२ जना बिद्यार्थी हरुलाइ ट्युसन कक्षा र खाजा पनि उपलब्ध गराउदै आइरहेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस