२८४
Sharesधुनिबेशी , मच्छिन्द्र बहुमुखी क्याम्पसद्वारा मदन पुरस्कार विजेता अग्नि महाकाब्यका लेखक डा. नवराज लम्साललाइ सम्मान धादिङको धुनिबेशी नगरपालिका ७ मा रहेको मच्छिन्द्र बहुमुखी क्याम्पसद्वारा मदन पुरस्कार विजेता अग्नि महाकाब्यका लेखक डा. नवराज लम्साललाइ सम्मान गरिएको छ। क्याम्पसका अध्यक्ष अर्जुन प्रसाद उप्रेतिको अध्यक्षतामा भएको कार्यक्रममा डा. नवराज लम्सालको महाकाव्य “अग्नि ” माथि चर्चा परिचर्चा गरिएको थियो।डा. नवराज लम्सालको गीत, कविता र महाकाव्य हरु प्रकाशित छन्। संचारकर्मीका रुपमा झन्डै ३० वर्षदेखि रेडियो नेपालमा उहाको आवाज सुनिँदै आएको छ। मन्त्रमुग्ध पार्ने आवाजका धनी उहाले ‘कर्ण’, ‘धरा’ र ‘अग्नि’ गरी तीन महाकाव्य लेख्नु भएको छ ।
यसैगरी दुई गीति संग्रह र दुई कविता संग्रह पनि प्रकाशित छन् । लम्सालको पछिल्लो कृति ‘अग्नि’ ले २०७८ को मदन पुरस्कार जितेको छ। लम्सालसँग महाकाव्य ‘अग्नि’ र उहाको साहित्ययात्राका विषयमा पनि उक्त कार्यक्रममा चर्चा परिचर्चा गरिएको थियो। मकवानपुरमा सेनवंशी राजा हेमकर्ण सेनको पालामा ‘जेठी तरवार’ थियो। त्यो तरवार ठूले कामीले बनाएका थिए।
कवि तथा सञ्चारकर्मी छलाङ्गे विश्वकर्माको घरमा पुग्दा उहाले सुनाएको कथामा आधारितमा अग्निको कथा समेटिएको उहाको भनाइ छ । त्यो मलाई निकै आनन्द लागेको थियो। अहिले पनि मकवानपुरगढीको दरवारमा गयौँ भने त्यहाँ नजिकै कृष्णको मन्दिर छ। जहाँ ताल्चा लगाएर राखेको छ। त्यहाँ अहिले पनि चलनचल्तीको भाषामा ‘भोटेताल्चा’ लगाएको छ। जुन कृष्णपूजाका दिन पनि फलामको रडले फुटाल्ने गरिन्छ। के कारण रहेछ भनेर बुझ्दा कृष्ण राति राति छतिवनतिर तोरीबारीमा गएछन्।
राति किन गएको भन्दा गोपिनीलाई भेट्न गएका रे। राति राति तोरीबारीमा गएको भनेर उनलाई बाँधेर राखिएको थियो। त्यसपछि उनलाई ताल्चा लगाएर राखेको किंवदन्ती छ। त्यसकै स्वरुपमा आजका दिनसम्म कृष्णलाई त्यहाँ ताल्चा लगाएर राखेको मानिन्छ। अर्को, कर्णको मृत्युले मलाई पोलेको थियो। सकिँदै गर्दा टाढा पर्वतबाट एउटा ध्वनि आउँछ। त्यो ध्वनिले भन्छ मथुरामा कृष्ण जन्मेपछि ढोका आफैं खुलेजस्तो र मकवानपुरगढीको ताल्चा आफैं खुल्यो रे। अनि कृष्ण आफैं बाहिर निस्के रे। उहाले ठूले कामीको तरवार बनाएर सालिक बनाएका रे। मलाई के लाग्यो भने ठूले कामीहरुले धेरै जनाका सालिक बनाए। अब कृष्णले पनि ठूले कामीहरुको सालिक बनाएका छन् भने यसले के देखाउँछ भन्दा संस्कृतिमा परिवर्तन आएको रैछ। यो पनि विम्वको रुपमा प्रयोग भएको छ।
यो कुराले मलाई निकै आनन्द दिएको थियो। मदन पुरस्कार पाउँदा म जति आनन्दित छु म त्यति नै यो अग्नि लेखिसक्दा थिएँ। अर्को चाहिँ पछिल्लो पुस्ताले पनि अग्नि पढेको कुरा सामाजिक सञ्जालमा पोष्ट गरे। नयाँ पुस्ताले अग्नि स्वीकार गरेका छन्। उहा काम र लेखाइका कारण जामाम २ घण्टा सुत्ने गरेको उहाले बताउनु भयो। त्यस्तै फेरी अर्को हाकाव्य लेख्ने पनि लम्सालले टोल टोलको खबर अनलाइन डटकम लाइ बताउनु भयो। मच्छिन्द्र बहुमुखी क्याम्पसद्वारा मदन पुरस्कार विजेता अग्नि महाकाब्यका लेखक डा. नवराज लम्साललाइ सम्मान गरिएको कार्यक्रममा क्याम्पसका अध्यक्ष अर्जुन प्रसाद उप्रेति, रुपन्देही देवदह स्थायी वसाेबास भई हाल अष्ट्रेलिया वसाेवास गर्ने कवि महेश्वर शर्मा , बच्चु उप्रेती , क्याम्पसका प्रा अ प्रमोद पाठक , सेखर कार्की ,प्रमोद गिरि , कृषि रेडियोका प्रबन्धक उपेन्द्र अधिकारि , क्याम्पसका शिक्षक हरु साहित्य मा रुचि राख्ने ब्याक्ति हरु ,बिधार्थी लागाएतको उपस्थिति रहेको थियो।