२०३
Sharesधुनिबेशी,धादिङ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा रहेको महादेबस्थान माध्यमिक विद्यालयमाले ३४ औं वार्षिकोत्सब मनाएको छ ।
वि.स २०४६ सालमा स्थापना भएको विद्यँलयले आ आइतबार ३४ औं वार्षिकोत्सब मनाएको हो । “हामी सबैको ईच्छा गुणस्तरीय र प्राविधिकयुक्त शिक्षा” भन्ने मूल धारा लिएको विद्यालयले अंग्रेजी माध्यममा बाल कक्षा देखि १० सम्म पढाई हुँदै आएको छ ।वि.स २०६५ सालबाट बाल कक्षा बाट अभिभाबकको चाहना र मागको आधारमा दक्ष र सीपयुक्त शैक्षिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपनली माध्यमको सट्टा अंगेजी माध्यमबाट पठन पाठनको सुरुवात गरिएको विद्यालयका प्रधानाध्यपक अनिल रुपाखेतीले बताउनु भयो । वि.स २०७६ सालदेखि प्रत्येक कक्षा कोठामा wifi सहितको स्मार्ट टि.भि. जडान गरि अडियो भिडियो माध्यममा जोड दिई आधुनिक प्रविधिको प्रयोग गरी शिक्षण कार्य हुँदै आइरहेको र विद्यालयले निकट भविष्यमा नेपाल सरकारबाट सम्बन्धन लिई प्राविधिक धार अन्तर्गत कक्षा ९–१२ मा कम्प्युटर इन्जिनियर कक्षा सञ्चालन गर्ने लक्ष लिएको प्रधानाध्यपक रुपाखेतीले बताउनु भयो ।३४ औं वार्षिकोत्सब कार्यक्रममा विद्यालयले विभिन्न व्यक्तिहरुलाई समान गर्नुका साथै विद्यालयमा सञ्चालन भएको परिक्षा तथा अतिरिक्त क्रियाकलापमा सहभागी भएर प्रथम,द्धितिय, तुतिय र सान्त्वना स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई प्रमाण पत्र, ट्रफि र मेडल प्रदान गरिएको थियो ।कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि कुमार ढकालको अध्यक्षता ,बागमती प्रदेशका सांसद मदु कुमार श्रेष्ठको प्रमुख आतिथ्यता धुनिबेशीका मेयर बाल कृष्ण आचार्य, उपमेयर सुरज उप्रेती, साहित्यकार डा. नवराज लम्सालको विशेष आतिथ्यता रहेको थियो। त्येस्तै दिक्षान्त पुस्तक भण्डार तथा दिक्षान्त पुस्तक प्रकाशनका महेश शर्मा, नम्रता अर्याल शर्मा, धुनिेबेशी नगरपालिका शिक्षा तथा युवा शाखाका विकास खत्रि, वडा अध्यक्ष, पृर्व पअ तथा शिक्षक,पृर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको आतिथ्यता, अभिभाबक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु तथा शिक्षकहरु बिधार्थी समाज सेवी बुद्दिजिवि लगाएतको को उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न सास्कृतिक कार्यक्रम पनि गरिएको थियो। फोटो विद्यालय को पेज बाट