FLASH NEWS

बालकोट बैठक : माओवादी अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउने सहमति

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ पौष १०, आईतबार (१ साल अघि)
  • ५७

    Shares

बालकोट बैठक : माओवादी अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउने सहमति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै बालकोट बैठक सकिएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, जसपा नेता अशोक राईबीच माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको हो ।

एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आज बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउन १६६ सांसदको समर्थन रहने नेकपा एमालेमा महासचिव शङ्कर पोखरेलले जनाकारी दिनुभयो  ।

प्रतिनिधिसभा रहका दलहरू एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित माओवादी अध्यक्ष दाहाललाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनाउने सहमति भएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।

अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पेश गर्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्री दाबी गर्न नेताहरू राष्ट्रपति कार्यालय जाँदै हुनुहुन्छ ।

नेकपा एमालेले राष्ट्रपति र सभामुख लिने नेताहरू बीच सहमति भएको जनाइएको छ । रेडियो नेपाल बाट

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस